काठमाडौं उपत्यकामा थपिए २०७ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए २०७ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टा काठमाडौं उपत्यकामा थप २०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ९० महिला र ११७ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाकासहित ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । १८८ महिला र पुरुष ३६६ लाई संक्रमण देखिएको हो।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । जसमध्ये २ लाख ५७ हजार २२९ जना डिस्चार्ज भएका छन्। यस्तै अहिलेसम्म कोरोनाबाट १९०९ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको  छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५८५ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार अहिले ५ हजार २१ जना आइसोलेसनमा रहेका छन् भने ३३८ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिलेसम्म १९ लाख ७४ हजार ५६१ जनाको आरटी पीसीआर परीक्षण भएको छ। गत २४ घन्टामा मात्रै ५ हजार २सय ६९ जनाको पीसीआर परीक्षण भएको छ।

यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १८२ जनाको आइसीयूमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.