फूलमाथि टेकेर फूलको जतन हुँदैन।
हुँदैन प्रियसी ! यसरी त झन् हुँदैन
फूलमाथि टेकेर फूलको जतन हुँदैन।
आँगनका लागि छिमेकी लडे, लाग्यो
मन हल्का हुन्छ एक ढिक्का खसेपछि
कसले भन्यो यार आँसुको वजन हुँदैन।
भेट हुँदा मुस्कुरायौ, छुटिँदा रोयौ तिमी
सुरुआत जस्तो मीठो समापन हुँदैन।
मट्टितेल चाहिन्छ, पेट्रोल चाहिन्छ बरु
पानी बोकेर आगोको आन्दोलन हुँदैन !