आत्मनिर्भर बनाउन महिलालाई रिक्सा

आत्मनिर्भर बनाउन महिलालाई रिक्सा

इटहरी : श्रीमान्लाई कलेजोको क्यान्सर भएपछि इटहरीकी २५ वर्षिया मनिषा कार्कीको परिवार आर्थिक संकटमा फस्यो। उपचार गराउने क्रममा श्रीमान्ले विदेशमा कमाएको पैसा त सकियो नै, आफन्तहरूको जग्गासमेत बेच्नुपर्यो।

‘घर नबिकेर मात्रै जोगिएको छ, नत्र औषधि उपचारमै महिनाको ५० हजार रुपैयाँभन्दा बढी खर्च भइरहेको छ,’ उनले भनिन्, ‘त्यसमाथि दुई छोराहरूको पालनपोषण र घर चलाउने जिम्मेवारी पनि मेरै काँधमा छ।’

गत बुधबार माइती नेपाल इटहरीले गरेको एउटा कार्यक्रममा भेटिएकी मनिषा दंग थिइन्। परिवारको खर्च जुटाउन के गर्ने ? भन्ने अन्योलकै बीचमा उनलाई माइती नेपालले विद्युतीय रिक्सा चलाउने तालिम दिएको थियो। उक्त कार्यक्रममा उनले नयाँ रिक्साको साँचोसमेत पाइन्। 

ढाइ लाख रुपैयाँ पर्ने रिक्सा ७५ प्रतिशत अनुदान र २५ प्रतिशत ऋणमा पाएपछि भने उनलाई घरखेत बेच्नु पर्दैन भन्ने आशा जागेको छ। ‘अब आफ्नै मिहेनतमा परिवार पाल्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ,’ एक वर्षको काखे बच्चा छाडेर काममा जान पक्कै सजिलो छैन उनका लागि, तर हिम्मत गरेकी छन्, ‘संस्था अनि दिदीहरूले विश्वास गरेर सिकाउनुभयो, म मिहेनत 
गरेर देखाउँछु।’

विविध पारिवारिक समस्याले आर्थिक अवस्था कमजोर भएका तीन जना महिलाहरूलाई माइती नेपालले विद्युतीय रिक्सा चलाउन सिकाएर रिक्सासमेत दिएको छ। आत्मनिर्भर बनाउने उद्देश्यले प्रशिक्षणसहितको सहयोग गरेको संस्थाले जानकारी दिएको छ। तीनै जनाले यातायात कार्यालयले लिएको लिखित परीक्षा पास गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.