२४ घण्टामा थपिए ३६२ संक्रमित, ६९९ डिस्चार्ज : तीन जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९९ जनाले कोरोना जितेका छन् भने तीन जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोनाका कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगको छ । जसमध्ये २ लाख ५७ हजार ९२८ जनाले कोरोना जितेका छन् । शनिबार थप तीन जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या १९ सय १२ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ रहेको नेपालमा २६२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा अहिलेसम्म १९ लाख ७४ हजार ५६१ जनाको पीसीआर परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस !