एकै दिन दुई हजार ३०० ले घट्यो सुनको मूल्य

एकै दिन दुई हजार ३०० ले घट्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा आइतबार सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ। सुनको मूल्यमा प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेको छ। 

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला रु ९३ हजार छ। प्रतितोला रु ९५ हजार ३०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेर रु ९३ हजार कायम भएको छ। 

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ। प्रतितोला रु ९४ हजार ८०० मा शुक्रबार कारोवार भएको थियो। तेजाबी सुन शुक्रबारका तुलनामा आज रु दुई हजार ३०० ले नै ओरालो लागेको हो। 

यस्तै चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। चाँदी प्रतितोला शुक्रबार रु एक हजार ३३० मा कारोवार भएको थियो। चाँदी तोलामा रु ६० ले घटेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.