पृथ्वीजयन्तीमा महिलाले बजाए पञ्चेबाजा

पृथ्वीजयन्तीमा महिलाले बजाए पञ्चेबाजा

इटहरी : अगाडि पञ्चेबाजा बजाइरहेको महिलाको समूह, पछाडि घोडामा चढेका पृथ्वीनारायण शाह। पछिपछि ह्वीलचेयरमा बसेका युवाहरु, नेपाली सेना अनि समाजका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु जति बढी थिए, त्योभन्दा बढी थिए र्‍यालीमा सहभागी हुने अनि फोटो खिँच्नेहरु।

सोमबार दिउँसो इटहरीको व्यस्त चोक परिक्रमा गरेको यो र्‍यालीले एकछिनको लागि चोकलाई झन् व्यस्त बनायो। इटहरीमा नागरिक तहबाट मनाइँदै आएको पृथ्वी जयन्तीमा यो वर्ष पनि उल्लासजनक सहभागिता रहेको कार्यक्रमका संयोजक कृष्णबहादुर न्यौपानेले जानकारी दिए।

पुरुषहरुले मात्र बजाउँदै आएको पञ्चेबाजा बजाउने महिलाहरुको समुहले यो वर्ष आकर्षण थपेको थियो। यस्तै अघिल्लो वर्षहरुमा पृथ्वीनारायणको भेषभुषामा सडकमा हिडेका सुर्य निरौला यो पटक घोडामा सवार थिए। उनीसँग फोटो खिच्न युवादेखि वृद्धसम्म लालायित देखिन्थे।

र्‍यालीपछि आयोजित कार्यक्रमलाई डा. प्रेमसिंह बस्न्यात, जगतगुरु बालसन्त मोहनशरण देवाचार्यलगायतले सम्बोधन गरेका थिए। उनीहरुले पृथ्वीनारायण शाहको एकीकरणको महत्वबारे बोलेका थिए।

एकीकरणका सुत्रधारका रुपमा पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई इटहरीले विशेष रुपमा मनाउने गरेको छ। सरकारले बिदा कटौती गरेर मनाउन छाडेको समयमा पनि इटहरीमा भने नागरिक तहबाटै समिति बनाएर मनाउने गरिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.