सीमापार जान नपाउँदा टाँगाचालकको बिचल्ली

सीमापार जान नपाउँदा टाँगाचालकको बिचल्ली

गुलरिया: गुलरियाबाट सीमावर्ती भारतीय सहर मूर्तिहासम्म टाँगा चलाएर जीवनयापन गर्दै आएका गुलरियाका टाँगाचालकहरू सीमा वारपारमा रोक लागेसँगै बेरोजगार भएका छन्।

बर्दियाको सदरमुकाम गुलरियाबाट मूर्तिहा बजारसम्म जान निषेध भएपछि उनीहरूका परिवार भोकभोकै पर्न थालेका हुन्। 'टाँगा सञ्चालन गर्न अनुमति छैन। चैत ११ गते लकडाउन भएदेखि नै हाम्रो कमाइ ठप्प छ,' गुलरिया नगरपालिका-७ का रहिस अहमदले भने, 'आम्दानीको स्रोत बन्द हुँदा परिवार मात्र होइन घोडा नै पाल्न नसक्ने भएका छौं। साँझ बिहानको छाक टार्न पनि धौ धौ भएको छ।'

उनले अधिकांश टाँगाचालकका परिवारको अवस्था दयनीय बनेको बताए। कोरोना संक्रमण फैलन नदिन भारतीय बजार जान प्रशासनले रोकेपछि टाँगा चलाएर दैनिक गुजारा गर्ने नेपालीहरूको छाक बन्द भएको छ।

'लकडाउनका बेला त झनै झन्झट बेहोर्नु पर्‍यो। कतिपय साथीले सडकमा फालेका इँटा, प्लास्टिक, फलाम, दाउरा जस्ता कबाड बटुलेर जिविका चलाए,' काम गर्न नपाउँदाको पीडादायी क्षणबारे अहमदले थपे, 'प्रशासनले हामीलाई टाँगा चलाउन तत्काल अनुमति दिनु पर्‍यो।'

गुलरियामा ठूलो संख्यामा टाँगा चलाएर गुजारा चलाउने अधिकांशको अवस्था दयनीय छ । 'पसल, उद्योग, बजार सबैतिर चहलपहल भैसक्यो । सीमामा वारपार गर्नेहरूलाई मात्र किन रोकिएको हो ?,' अर्का टाँगाचालक ताहिर मनिहारले प्रश्न गरे ।

समस्या समाधानका लागि नगरपालिकाको वडा नम्बर ६ मार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि दिइसकेको जानकारी उनले दिए। 'हामी जस्ता विपन्न वर्गको समस्या समयमै समाधान गरियोस् भन्ने हाम्रो माग हो तर हाम्रो कुरा कसले सुन्ने रु कसैले सुनेका छैनन्,' उनले गुनासो गरे।

गुलरियाबाट भारतको सीमावर्ती मूर्तिहासम्म चल्ने टाँगाका चालकहरूले आफूहरू बेरोजगार भएर परिवार पाल्न कठिन भएकाले टाँगा सञ्चालनको अनुमतिका लागि पहल गरिदिन वडा
कार्यालयमा ज्ञापनपत्र बुझाएको वडा नम्बर ६ का वडाध्यक्ष निरज शर्माले जानकारी दिए।

'गुलरियामा व्यावसायिक रूपमा दर्ता भएका ३३ वटा टाँगा छन्। लामो समयदेखि सीमा सिल भएका कारण बेरोजगार बनेकाले उनीहरू समस्यामा परेका हुन्,' उनले भने, 'लकडाउनका बेला हामीले श्रमिकलगायत उनीहरूलाई खाद्यान्न उपलब्ध गरायौं । लकडाउन खुलिसक्दा पनि उनीहरूको अवस्था उस्तै छ।' शर्माले उनीहरूको समस्या समाधान गर्न सबैले पहल गर्नुपर्ने
बताए।

उनले स्थानीय प्रशासनलाई टाँगाचालकहरूका समस्या जानकारी गराइसकेको जनाए। 'सीमा नाका खुल्ने कुनै संकेत छैन । कोरोनाका थप जटिलता आउँदैछन्। भाइरसका नयाँ
नयाँ स्ट्रेन भेटिएकाले पनि सिमानाको सिल कहिले खुल्छ अनिश्चित छ,' प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, 'नेपालभित्र टाँगा परिवहनका रूपमा चलाउन कुनै
प्रतिबन्ध छैन। जति चलाए पनि हुन्छ।' नाका खुल्ने मिति अनिश्चित भएकाले नेपालभित्रै टाँगा चलाउन प्रजिअ अधिकारीले सुझाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.