प्रतिलिपी अधिकार हननको आरोपमा लेना शर्मा प्रक्राउ

प्रतिलिपी अधिकार हननको आरोपमा लेना शर्मा प्रक्राउ

काठमाडौं : विन्ध्यवासिनी म्युजिक कम्पनीकी कार्यकारी प्रमुख लेना शर्मा रेग्मीलाई प्रहरीले प्रक्राउ गरेको छ। उनी विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीकी पत्नी हुन्। कम्पनीले सष्टाको प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा आवश्यक अनुसन्धानका लागि शर्मालाई प्रक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।

गायक प्रमोद खरेलले तीन दिनअघि आफ्नो प्रतिलिपि अधिकार हनन् भएको, सञ्चालकले आफ्नो मानहानी गरेको र करार उल्लंघन गरेको लगायत विषयमा प्रहरी समक्ष उजुरी दिएका थिए।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्टका अनुसार लेनालाई साँझ ६ बजे धुम्वाराही आसपासबाट प्रक्राउ गरिएको हो। उनले प्रतिलिपि अधिकार हननको विषयमा प्रहरीसँग आएको उजुरीमाथि अनुसन्धान गरी आवश्यक प्रमाण जुटाउनका लागी रेग्मीलाई नियन्त्रणमा लिएको जानकारी दिए। विष्ट भन्छन्, 'सरकारवादी मुद्दा अगाडि बढाउने, प्रमाण जुटाउने काम प्रहरीको भएकाले प्रक्रियाअनुसार नै उनलाई प्रक्राउ गरिएको हो।' प्रक्राउ गरेर उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान सुरु गरिएको छ। 

प्रमोदले प्रहरीमा उजुरी दिएपछि म्युजिक कम्पनीका सञ्चालकलाई कारवाहीको माग गर्दै ५७ जना गायक गायिका, सष्टा सर्जकले महानगरीय प्रहरी परिसरमा निवेदन दिएका थिए।

प्रस्तोता समाज नेपालको अगुवाइमा यो निवेदन पेश गरिएको हो। प्रस्तोता समाजले प्रमोद खरेललाई अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान २०७२, प्रतिलिपि अधिकार २०५९ र नियमावली २०६१ अनुसार आफ्नो अधिकार खोज्नका लागि सुझाव दिएका थिए। 

प्रतिलिपि अधिकार हननको विषयमा सष्टा, सर्जक र म्युजिक कम्पनी सञ्चालकबीच बेलाबेला मुद्दामामला चल्ने गर्छ।

यसअघि पनि म्युजिक नेपालविरुद्ध सष्टा सर्जक कानुनी उपचारमा गएका थिए। ‘बजार प्रमोसन गरिदिने करार गरेर विभिन्न अनलाइन पोर्टलहरुमा हाम्रा गीत बेचिरहेछ म्युजिक कम्पनी। दुख गरेर गीत सिर्जना गर्ने हामी। मरिमेटेर संगीत भर्ने पनि हामी’ संगीतकार लक्ष्मण शेष भन्छन्, ‘स्वर भरेर शब्दमा प्राण भर्ने पनि हामी तर हाम्रा सिर्जना बेचेर खाने म्युजिक कम्पनी। यो त सरासर ठगी हो। संगीतका दलालीहरुलाई कानुनी कठघरामा ल्याउन हामी लागिपरेका छौँ।’

विन्ध्यवासिनी र प्रमोदको विवाद के थियो ? 
गायक खरेलका अनुसार उनको तेस्रो गीती एल्बम ‘प्रणय’का केही गीतमा विवाद बढेको हो। जसअनुसार प्रणय एल्बम बिक्री वितरण तथा एल्बम प्रकाशनको लागि प्रमोदले विन्ध्यवासिनी म्युजिक कम्पनीलाई ५ वर्षको लागि सम्झौता गरेका थिए।

यस क्रममा कम्पनीबाट उनले एक लाख १० हजार बुझेका थिए। एल्बमको पहिलो गीतको भिडियो बनाउन कम्पनीले एक लाख दिने गरी सम्झौता भएको थियो। जसमा २ लाख बराबर प्रमोशन खर्च कम्पनीले गरिदिने शर्त राखिएको थियो। जसमा कम्पनीले गरेका खर्च गीतको आम्दानी पश्चात प्रमोदको रोयल्टीबाट कटौती गर्ने र त्यसपछि प्रमोद आम्दानीको हिस्सेदार बन्ने सहमति भएको थियो।

प्रमोदका अनुसार गीतको सबै खर्च आफूले पाउने रोयल्टीबाट असुल गरिएपछि गीतको निर्माता आफू भएको दावी छ। गीतको बाँकी खर्च र विमोचन पनि आफुले गरेको जनाएका छन्। एल्बमको दोस्रो गीत याद गर्न पनि कम्पनीले नबनाएपछि प्रमोदले नै निर्माण गरे। करारमा एल्बमको सम्पुर्ण अधिकार आफुमा रहेको र करार पाँच वर्षको मात्र भएको उनले बताएका छन्।

करार सकिएपछि पनि उक्त गीतको अधिकार आफुमा रहेको भन्दै कम्पनी संचालकले आफुलाई बारम्बार दबाब दिने र अन्टसन्ट आरोप लगाउँदै मानहानी गरेको प्रमोदले बताएका छन्।

प्रमोदका अनुसार कम्पनीले अहिलेसम्मको कुनै हिसाब किताब पनि नबुझाएको र वार्तामा बस्ने वातावरण पनि नरहेकाले आफु कानुनी उपचारमा जान परेको बताएका छन्। आफ्नो एल्बम फिर्ता मागेकै भरमा कम्पनी सञ्चालकले गरेको व्यववहारले आफूलाई हतोत्साहित बनाउने प्रयास गरेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.