‘केन्द्रमा हतास भएकाले प्रदेशमा अविश्वास प्रस्ताव दर्ता गरे’

‘केन्द्रमा हतास भएकाले प्रदेशमा अविश्वास प्रस्ताव दर्ता गरे’

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार ढाल्न असफल भएका नै आत्तिएर प्रदेशमा अविश्वास दर्ता गर्न पुगेको बताएका छन् । 

मंगलबार विराटनगरमा आयोजित प्रदेशस्तरीय बाल अधिकार भेलामा बोल्दै उनले प्रदेशमा अविश्वास दर्ता गर्नु हतास मानसिकताको उपज भएको बताए । ‘केन्द्रमा सरकारलाई घेराबन्दीमा पर्दै असफल बनाउने प्रयास भयो । केन्द्रमा हतास भएकाहरु दौडिएर अविश्वास प्रस्ताव बोकेर प्रदेश सचिवालय पुगेका हुन्,’ उनले भने, ‘प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउनु अन्य कुनै पनि कारणनै छैन ।’ 

मुख्यमन्त्रीले काम गर्न नसकेको, अयोग्य भएको वा अन्य कुनै पनि कारण नभई अविश्वासको प्रस्ताव प्रदेश १ मा दर्ता हुनुको रहस्य सबैले बुझेको बताउँदै मुख्यमन्त्री राईले यो अविश्वासको प्रस्ताव कानुनी रुपमा नै असफल हुने दाबी गरे । ‘सबै माननीय सदस्यहरु हतास मानसिकताको हुनुहुन्न, उहाँहरुले प्रदेशसभामा सही निर्णय गर्नुहुन्छ,’ उनले भने, ‘यो अविश्वास प्रस्ताव ल्याउने अब अझै हतास हुने दिन आउँदैछ ।’ 

यसअघि पनि आफूले योजना बनाएर काम गरिरहँदा गल्ती लुकाउन खोज्न अविश्वास दर्ता गर्नेहरुको सूचीमा अग्रपङ्तिमा उभिएको उनको आरोप छ । ‘मुख्यमन्त्री अयोग्य र नालायक भयो काम गर्न सकेन भनेर होइन, राम्रो गरेको देख्न नसक्नेले आफ्नो गल्ती कमजोरी ढाकछोप गर्न हतारमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्,’ मुख्यमन्त्री राईले भने । 

उनले ठूलो भाग खान खोज्नेले संघीयतालाई असफल बनाउने प्रयास गरिरहेको बताउँदै हतार–हतार प्रदेशमा आएको अविश्वासको प्रस्ताव प्राकृतिक नभएको बताए । ‘यो प्राकृतिक रुपमा आएको होइन, इसारा र नियोजित रुपमा भएको चलखेल हो, यसले संघीयता धरापमा पार्छ, यो कुनै पनि हालतमा सफल हुनु दिनुहुँदैन,’ मुख्यमन्त्री राईको भनाइ थियो । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.