सूर्यभन्दा अर्बौं गुणा ठूलो ब्ल्याक होल एक्कासी गायब भएपछि वैज्ञानिक चिन्तित

सूर्यभन्दा अर्बौं गुणा ठूलो ब्ल्याक होल एक्कासी गायब भएपछि वैज्ञानिक चिन्तित

ब्ल्याक होल (कालो छिद्र) जति जानकारी वैज्ञानिकसँग छ, त्यसको रहस्य पनि उत्तिकै रोचक छ। अहिले विश्वभरका खगोलशास्त्रीहरु ब्ल्याक होलसम्बन्धी जानकारी जुटाउन लागिपरेका छन्। हालै पाइएको एक तथ्यले सबै खगोलशास्त्रीलाई चिन्तित तुल्याएको छ। 

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको भन्द्र एक्सरे अब्जरर्बेटरी र हब्बल स्पेस टेलिस्कोपमार्फत खोजे पनि एक विशाल ब्ल्याक होल भेटिएको छैन। तारापुञ्जको आधारमा यो ब्ल्याक होलको वजन हाम्रो सौर्य मण्डलको मुख्य सदस्य सूर्यभन्दा पनि करिब एकसय अरब गुणा बढी छ। तर, आफ्नो स्थानमा नभेटिएपछि वैज्ञानिक चिन्तामा परेका हुन्। अचानक यति भिमकाय ब्ल्याक होल कसरी गायब हुनसक्छ भन्ने प्रश्नले खगोलशास्त्रीबीचमा चर्चा भइरहेको छ। 

उक्त ब्ल्याक होल पृथ्वीबाट २.७ अरब प्रकाशवर्ष टाढा अबेल २२६१ ग्यालेक्सी क्लस्टरमा हुनुपर्ने थियो। तर, अहिले ब्ल्याक होल आफ्नो स्थानमा देखिएको छैन। लगभग हरेक ग्यालेक्सीमा एउटा ब्ल्याक होल हुन्छ। जसको द्रव्यमान हाम्रो सूर्यभन्दा करोडौं गुणा बढी हुने गर्दछ। 

ब्ल्याक होल नै यस्तो शक्ति हो जसले पूरै ग्यालेक्सीलाई सन्तुलनमा राख्ने काम गर्दछ। खगोलशास्त्रीका अनुसार हालै गायब भएको ब्ल्याक होल ब्रह्माण्डका सबै ब्ल्याक होलमध्ये विशालको सूचीमा थियो। 

चन्द्रमाबाट १९९९ र २००४ मा पाइएको तथ्यांकको आधारमा यसको खोजी सुरु गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.