कृषि परियोजनामा भ्रष्टाचार

कृषि परियोजनामा भ्रष्टाचार

काठमाडौं : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार भएको तथ्य खुलेको छ। परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनअन्तर्गतका कार्यक्रममा अनियमिता भएको पाइएको हो। 

परियोजनामा भ्रष्टाचार भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख सोमनाथ घिमिरेसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। वरिष्ठ कृषि विकास अधिकृत घिमिरे र जोन सञ्चालक समिति अध्यक्ष बालिका कुमारी गिरीलगायतले काम नगरी बिल पेस गरेर रकम हिनामिना गरेको पाइएको छ। 

उनीहरूले अधिकांश योजना आफ्नै लगानीको नारायणी एग्रो कम्पनीलाई दिएका अख्तियारले जनाएको छ। प्राविधिक शिक्षालयको  रकम चितवनको जगतपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको खातामा जम्मा हुनुपर्ने सीधै सो कम्पनीमा भुक्तानी दिइएको अख्तियारको आरोपत्रमा उल्लेख छ। कार्यालय प्रमुख घिमिरेले आर्थिक वर्ष २०७३÷७४ मा प्राविधिक शिक्षालयका नाममा प्राप्त हुने पाँच लाख रुपैया लक्ष्मी माविको हाताभित्र निर्माण गर्नुपर्ने आधुनिक नर्सरीमा खर्च हुनुपर्ने थियो। तर, सम्झौताअनुसार रकम खर्च नभएको अनुसन्धानमा खुलेको छ। 

नर्सरी घर निर्माणमा खर्च गर्नुपर्ने रकम घिमिरेले विद्यालयको खातामा नपठाई नारायणी एग्रोको नाममा निकासा गराएका थिए। सम्झौताबमोजिमको काम नगरी पाँच लाख रुपैयाँमध्ये ८७ हजार ५ सय २५ रुपैयाँको मात्र काम भएको पाइएको छ। बाँकी ४ लाख १२ हजार ४ सय ७४ रुपैयाँको झुटो बिल भरपाईको आधारमा भुक्तानी दिइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 
कार्यालय प्रमुख घिमिरेविरुद्ध तीन वर्षसम्मको कैद तथा  बिगो असुल उपर माग दाबी गरिएको छ। नारायणी एग्रोका म्यानेजिङ डाइरेक्टर  गिरीले परियोजनाको रकम आफ्नै कम्पनीको नाममा निकासा गराएको देखिएको छ। उनीविरुद्ध दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना र बिगोसमेत जफतको मागदाबी गरिएको छ ।

नारायणी एग्रोका संस्थापक सदस्य गोपीनाथ भुसालले प्राविधिक शिक्षालयको रकम विद्यालयका प्रधानाध्यापक नभएको समयमा निमित्त प्रधानाध्यापकलाई दबाब दिएर आफ्नै सेयर रहेको सो एग्रोमा निकासा गराएको पाइएको छ। उनीविरुद्ध पनि मुद्दा दायर भएको छ। 

त्यस्तै आन्तरिक राजस्व कार्यालय बालाजुका कर्मचारी घुससहित पक्राउ गरेका छन्। अख्तियारले सो कार्यालयका कम्प्युटर अपरेटर राजन शर्मा र टिमुर किचन रेस्टुरेन्टका सञ्चालक सन्तोष थापामगरलाई ४३ हजार रुपैयाँसहित पक्राउ गरेको हो। 

टिमुर किचन रेस्टुरेन्ट ढुंगेधारा, वनस्थलीका सञ्चालक मगरसँग कर तिर्न सहजीकरण गरिदिएबापत रकम दिँदैलिँदै गर्दा अख्तियार टोलीले  दुवै जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई बालाजुस्थित आन्तरिक राजस्व कार्यालय परिसरबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.