विद्यार्थीलाई न्यानो लुगा

विद्यार्थीलाई न्यानो लुगा

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित गणेश आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगाको रुपमा ज्याकेट वितरण गरिएको छ । कक्षा ८ सम्म अध्ययनरत करिब एकसय ५० विद्यार्थीहरुलाई भक्तपुरकै सूर्यविनायक नपास्थित लिभिङ कम्युनिटी संस्थाले उक्त ज्याकेट वितरण गरेको हो ।

विद्यालय प्रांगणमा बुधबार आयोजित एक कार्यक्रमबीच संस्थाका अध्यक्ष रोहित ढकाल, समाजसेवी राजनकाजी त्वातीलगायतले विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद प्रधानलाई उक्त ज्याकेट प्रदान गरेका थिए । त्यस्तै प्रअ प्रधानले कक्षागत शिक्षकलाई प्रदान गरेका थिए । कक्षागत शिक्षकले आआफ्ना विद्यार्थीहरुलाई उक्त ज्याकेट वितरण गरे । अहिलेको चिसो मौसममा न्यानो लुगा पाएर विद्यार्थीहरु हर्षित देखिएका थिए ।

लिभिङ कम्युनिटीका अध्यक्ष ढकालले विद्यालयमा नियमित हाजिर हुने एकसय ५० विद्यार्थीहरुको लागि उक्त ज्याकेटको व्यवस्था गरिएको जानकारी दिए ।

‘त्यस्तै अति विपन्न १२ विद्यार्थीहरुलाई छात्रवृत्तिस्वरुप नगदसमेत उपलब्ध गराएका छौं’, उनले भने, ‘यस किसिमको सहयोगलाई वार्षिक रुपमा निरन्तरता दिने हाम्रो सोच रहेको छ ।’

उनले अघाएर खानेभन्दा पुर्‍याएर खाने र खुवाउने उद्देश्यसहित संस्थाले काम गर्दै आएकोसमेत सुनाए ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले विद्यार्थीहरु भविष्यका तारा भएकाले उनीहरुलाई समान रुपमा चम्कने अवसर दिनुपर्ने धारणा राखे ।
उनले विद्यार्थीहरुलाई ठूलो व्यक्तिभन्दा असल मानिस बन्नुपर्ने बताए ।

विद्यालयका प्रअ प्रधानले कोभिड १९ को कारण सबै विद्यार्थी विद्यालयमा उपस्थित हुन नसकिरहेको बताए । उनका अनुसार करिब २ सय विद्यार्थी भर्ना भए पनि एकसय ५० जना विद्यार्थीहरु नियमित विद्यालय आइरहेका छन्।

तीन वर्षअघि कक्षा ८ को पढाइ सुरु गरिएकोमा आगामी दुई वर्षभित्र कक्षा १० सम्म पढाउने लक्ष्य रहेको उनले सुनाए ।

सरकारी विद्यालय भएर पनि अंग्रेजी माध्यमबाट पढाइ भइरहेको विद्यालयलाई चाँगुनारायण नपा क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्यसहित काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम प्रधानले जानकारी दिए ।

चाँगुनारायण नपा वडा नं. २ का वडा सदस्यसमेत रहेका प्रधानले विद्यालयमा दुइटा नयाँ भवन निर्माण भएसँगै कक्षा १० सम्म सञ्चालन गर्न कुनै समस्या नभएको बताए ।

‘आगामी दुई वर्षभित्र विद्यालयमा छात्रावासको व्यवस्था गर्ने तयारी अघि बढाएका छौं’, अध्यक्ष प्रधानले भने, ‘अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका उत्कृष्ट शिक्षकहरु पनि व्यवस्था गर्नेछौं ।

अहिले विद्यालयमा सरकारी कोटाका १० शिक्षकशिक्षिका रहेका छन् । त्यस्तै विद्यालयले आफ्नै स्रोतबाट २ जना थप शिक्षकको व्यवस्था गरेको छ । 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.