खुल्दै नाटकघर र फिल्म हल

खुल्दै नाटकघर र फिल्म हल

काठमाडौं : माघ १ बाट नेपालका प्रायः नाटकघर र फिल्म हल खुलेका छन्। नाटकघरहरूको साझा संगठन थिएटर हबले विज्ञप्ति जारी गर्दै नाटकघर खुल्ने जानकारी दिएको हो भने नायक शिव श्रेष्ठले निर्माण गरेको नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज गर्दै देशभरका फिल्म हल पूर्ण रूपमा सञ्चालनमा आएका हुन्।

शिवको फिल्ममा उनकै छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविताले अभिनय गरेका छन्। झन्डै एक वर्षदेखि बन्द रहेका हल यो फिल्मसँगै सञ्चालनमा आउन लागेका हुन्।

कोरोना महामारीका कारण भएको लकडाउनले नेपाली रंगमञ्च र फिल्म उद्योग थला पर्‍यो। विभिन्न व्यवसायसँगै कला र मनोरञ्जनको माध्यम सुस्त रह्यो। नाटकघर र फिल्म हलहरूमा ताल्चा लागे। आर्थिक र मानसिक रूपमा संकटमा परे पनि थिएटर मललगायत केही रंगकर्मीको समूहले भर्चुअल रूपमा नाटक महोत्सव गरी यसको ढुकढुकी जोगाइरहे। संसद् विघटनविरुद्ध पनि रंगकर्मी जुर्मुराए। 

शिल्पी थिएटरलगायतको समूहले मण्डलामा सडक नाटक गरे। लकडाउनको १० महिनापछि भने नाटकघरहरू पूर्ण रूपमा खुल्न लागेका हुन्। थिएटर हबको विज्ञप्तिमा उल्लेख छ, ‘नाटकघर सञ्चालन गर्दा दर्शकबीच भौतिक दूरी राखिने, मास्क अनिवार्य र स्यानिटाइजर उपलब्ध गराइनेछ। मञ्चन हुने कुनै पनि नाट्य प्रस्तुति एक घण्टाभन्दा लामो हुने छैनन्।’

नाटकघर खुल्ने भएपछि केही नाटकघरले कार्यक्रम तालिका पनि सार्वजनिक गरेका छन्। यसैबीच शिल्पी थिएटरमा माघ १ गते ‘६ पात्रको एकालाप’ नाटक बेलुकी ४ बजे मञ्चन हुनेछ। कौसी थिएटरमा माघ २ गते बेलुकी ५ बजे ‘हराउँदै भेटाउँदै’ नामक प्लेब्याक थिएटर हुनेछ।

उता विराटनगरको झोराहाट थिएटरमा माघ ४ गते बिहान ८ बजे ‘कोरोना टाइम्स’ नाटक देखाइनेछ। त्यस्तै विराटनगरकै आरोहण गुरुकुलमा माघ ५ गते दिउँसो ३ बजे नयाँ नाटकको नमुना मञ्चन र छलफल हुने समाचार छ। पोखरा थिएटरले एक कदम अघि बढेर माघ ६ गते नाटक महोत्सव घोषणा गर्दै छ।

मण्डला थिएटरमा माघ ७ गते दिउँसो ३ बजे ‘कोरोनाअघि र पछिको रंगमञ्च र अबको बाटो’ शीर्षकमा संवाद हुने भएको छ। शैली थिएटरमा माघ ८ गते ‘शैली संवाद’ शीर्षकमा दिउँसो १ बजे छलफल हुनेछ। थिएटर मल कीर्तिपुरमा माघ ९ गते ‘पोयट्री पटरी’ नामक कार्यक्रममा रंगकर्मीले कविता वाचन गर्नेछन्। थिएटर मलका निर्देशक केदार श्रेष्ठका अनुसार माघ तेस्रो साताबाट तीनमहिने नाटक कार्यशाला तथा चैतमा बालबालिकाका लागि चित्र कार्यशाला गरिने तयारी भइरहेको छ। उनले सन् २०२१ का लागि अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको तयारी गरिरहेको जनाए। सरकारले आइतबार मात्र १० महिनापछि फिल्म हल खोल्न अनुमति दिएको थियो। फिल्म हल, नाटकघर खोल्ने निर्णय भए पनि दर्शक ओइरिने अवस्था भने छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.