विकल्प खोज्दा प्रधानमन्त्रीले ‘फायर’ खोल्नुभयो : कानुनमन्त्री श्रेष्ठ

विकल्प खोज्दा प्रधानमन्त्रीले ‘फायर’ खोल्नुभयो : कानुनमन्त्री श्रेष्ठ

सिरहा : कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संसद विघटनको निर्णय विकल्पको रुपमा लिनुपरेको बताएका छन् ।

उनी आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत शुक्रबार तराई मधेस समृद्धि कार्यक्रम अन्र्तगत सिरहा नगरपालिका १६ माडरमा सामुदायिक भवन शिल्यान्यास गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले संसद विघटनको निर्णय ‘विकल्पको रुपमा फायर खोले’ जस्तो भएको बताए ।  

मन्त्री श्रेष्ठले बाघले तपाईलाई खान आउला भने तपाई फायर खोल्ने कि नखोल्ने भनेर प्रश्न गरे । ‘प्रधानमन्त्रीलाई यस्तै अवस्था आइप¥यो,’ उनले भने,‘विकल्पको रुपमा फायर खोल्नु भएको छ । अब जनताबीच नयाँ जनादेशका लागि जानु भएको छ ।’

दुई तिहाईको सरकारलाई आफ्नै पार्टीका केही व्यक्तिले अगाडि बढ्न नदिएपछि अवस्था यस्तो आएको उनले सुनाए । नयाँ विकल्प भनेको जनताको समक्षमा जानु नै उपयुक्त भएको मन्त्री श्रेष्ठले बताए । ‘संसद विघटन सम्बन्धमा अदालतको संवैधानिक इजलाशले गर्ने निर्णय सबै पार्टी र सबैले मान्नुपर्ने पर्छ । संविधान भन्दा माथि कोही छैन्,’उनले भने,‘संसद पुर्नस्थापना हुँदैन् । सडक आन्दोलनका आधारमा संसद पुर्नस्थापना हुँदैन् ।’ 

प्रदेश र स्थानीय तह विघटन नगरिने उनको दाबी थियो । ‘प्रदेश, स्थानीय र राष्ट्रसभा पूरै अवधि चल्छ । यो सरकारको लोकप्रिय कामको इस्र्याले केही व्यक्तिले सरकार ढाल्न खोज्दा निर्वाचन घोषणा भएको छ,’उनले भने, ‘जसलाई प्रधानमन्त्री बन्ने मन छ । उनीहरुलाई जनताबाट निर्वाचित भएर आउन बाटो खुला गर्न चुनाव घोषणा गरिएको छ ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.