सत्ताको लोभ नगरौं, संविधान बचाऔं : रामचन्द्र

सत्ताको लोभ नगरौं, संविधान बचाऔं : रामचन्द्र

चितवन : नेपाली काँग्रेसंका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पूर्नस्थापनाको अर्को विकल्प नरहेको बताएका छन्। उनले संविधान र लोकतन्त्रको रक्षा काँग्रेसको एजेण्डा रहेको भन्दै पहिला सिद्धान्त जोगाएर मात्रै चुनावमा जाने बताए। 

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित शारदानगर टाउनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले काँग्रेस दोधारे चरित्रमा लाग्न नहुने बताए। संविधान जोगाए मात्र जनताले त्यसपछिको निर्वाचनमा काँग्रेस सरकारलाई नेतृत्वमा पुर्‍याउने दावी गर्दै उनले सिद्धान्त र संविधानको रक्षाको पक्षमा लाग्न सबैलाई आह्वान गरेका छन्।  
‘केन्द्रीय समितिले केपी ओलीको कदम असंवैधानिक र निरकुंशवादी हो भन्ने प्रस्ताव पारित गरेको छ भन्ने अनि संविधान विरोधी कार्यको शिरोधार्य गरेर चुनावमा जान्छौं भन्नु मोही माग्ने ढुङ्ग्रो लुकाउने काम हो', उनले भने, ‘लोकतन्त्र र संविधान बचाउनु पर्छ र प्रतिनिधि सभा पूर्नस्थापना हुनुपर्छ। योभन्दा अर्को विकल्प छैन।’ 

उनले दुविधा, लोभ लालच र भ्रममा नरहन कार्यकर्तालाई आग्रह गरे। उनले काँग्रेस अदालतको निर्णय पर्खिएको सभापति शेरबहादुर देउवाको भनाइप्रति लक्षित गर्दै उनले संसद पूर्नस्थापनाको लक्ष्यमा अडिग रहन सुझाएका छन्। सत्ताको दुविधा र लोभ लालचमा नलाग्न कांग्रेसको नेतृत्वलाई आग्रह गरेका छन्। 

‘सत्ताको लोभ अहिले गर्न जरुरी छैन’, उनले भने, ‘खेतै रहेन भने के खेती आँउछ? पहिला खेत बचाऔं, खेत बचे अर्कोपटक बाली आँउछ। यो कुरा काँग्रेसले बुझ्न आवश्यक छ।’कांग्रेस सत्ताको लागि नभइ सिद्धान्तको लागि राजनीतिमा आएको बताए। ठालुतन्त्रले मुलुक बिग्रिएको भन्दै लोकतन्त्रको रक्षाको लागि कांग्रेस लाग्ने उनको भनाइ छ।

नेता पौडेलले संविधान विघटनको निर्णय संविधान अनुसार सच्याउन सर्वोच्च अदालतलाई आग्रह गरेका छन्। अदालतका न्यायधीशको विवेकमा विश्वास रहेको बताउँदै उनले प्रधानन्यायाधीश र न्यायाधीशलाई अनुरोध गर्दै भने, ‘राम्रोसँग संविधानको अक्षर र भावना बुझिदिनुहोस् । जनतालाई न्याय दिनुहोस्।’ 

उनले संसद विघटनको विषयमा संविधानको पाना पल्टाएर निर्णय गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीले संविधानमै नभएको व्यवस्थाबाट संसद विघटन गरेको आरोप लगाँउदै संविधान र लोकतन्त्र जोगाउन आग्रह गरे।‘न्यामूर्तिद्वारा संविधानको अक्षर, भावना र पृष्ठभूमि हेरेर त्यसको आधारमा निर्णय गरियोस्’, उनले भने, ‘अदालतलाई दबाब होइन अनुरोध गरेका हौं।’ 

उनले नेपालमा स्थिरता हुन नदिन केपी ओलीले संविधान विघटन गरेर राष्ट्रघाती कदम चालेको आरोप लगाए। यसलाई सच्याउन काँग्रेस लाग्नु पर्ने उनको भनाइ छ। ओलीको चुनाव गर्ने नियत नभएको उनको बुझाइ छ। ‘संसदमा कुनै अवरोध नहुँदा पनि पार्टीभित्र झगडा भयो भन्दैमा संसद भंग गरेर ओली तानाशाह बनेका छन्’, पौडेलले भने, ‘यो चुनाव गर्ने नियतले गरिएको छैन यहाँ ठुलो षड्यन्त्र छ।’  

विरोध सभामा बोल्दै डिला संग्रौलाले काँग्रेसको मुख्य एजेण्डा संसद पूर्नस्थापना भएको बताइन्। उनले प्रतिनिधि सभाको पूर्नस्थापनको विकल्प नभएको भन्दै संविधान जोगाएर मात्रै त्यसपछिको बाटो तय गरिने बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.