हामी हुँदासम्म ओलीको षड्यन्त्र पूरा हुँदैन : माधव नेपाल

हामी हुँदासम्म ओलीको षड्यन्त्र पूरा हुँदैन : माधव नेपाल

गुलरिया : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरु जिउँदै रहेकाले प्रधानमन्त्री केपी ओलीका षड्यन्त्र सफल नहुने बताएका छन् । बर्दियाको सदरमुकाम गुलरियास्थित जिल्ला समन्वय समितिको खुला प्रांगणमा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालले ओलीका दम्भ र षडयन्त्रलाई सफल हुन नदिने दाबी गरेका हुन् ।

संविधान मिचेर गरिएको संसद विघटन अलोकतान्त्रिक भएकोल ओलीको हुरीले नेकपालाई उडाउन नसक्ने उनको जिकिर छ । आफूहरु बाँचुन्जेल केपी ओलीले नेकपालाई हल्लाउन नसक्ने उनको दाबी छ । 

सम्बोधनमा धेरै समय ओली प्रतिको आक्रोशमा खर्चेका अध्यक्ष नेपालले कुनै आन्दोलन, गणतन्त्र एवम् लोकतन्त्रप्रति प्रतिबद्ध नभएका ओलीमा दम्भ सवार भएको बताए । 

‘ओलीले देशमा जेपनि गर्न सक्छु भन्दै आफूलाई संसारको शक्तिशाली हुँ भन्ने भ्रम पालेका छन् । महेन्द्र, ज्ञानेन्द्रबाट जोगाएको नेपाल अब तानाशाह केपी ओलीबाट जोगाउन आवश्यक छ’, नेपालले भने, ‘हामी हुँदासम्म ओलीको षड्यन्त्र सफल हुन सक्दैन ।’

बर्दियाको प्रशिक्षण कार्यक्रममा नेकपाका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, ओनसरी घर्ती, युवराज ज्ञवाली लगायतका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेजस्तै फेरि पनि नेकपामा दुई अध्यक्षबीच फुटको राजनीति नहोस् भनेर खबरदाी गरेको नेता वर्षमान पुनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.