कृषिमा १० करोड लगानी

कृषिमा १० करोड लगानी

सुर्खेत : प्रदेश सरकारले सुर्खेतमा कृषि क्षेत्रको सुधारका लागि साढे १० करोड लगानी गरेको छ। कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि साढे १० करोडभन्दा बढी रकम लगानी गरेको हो। 

कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार कृषि उत्पादन बढाउने उद्देश्यले प्रदेश सरकारले १० करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ।

कृषि उत्पादन बढाउन प्रदेश सरकारले सुर्खेतमा चालू आर्थिक वर्षमा मात्रै ४४ वटा सिँचाइ कुलो निर्माण गर्न थालेको छ। कुलो निर्माणका लागि सबै स्थानीय तहमा योजना छनोट भइसकेका छन्। सिँचाइ कुलो बनेपछि कृषि उत्पादनमा सुधार आउने र उत्पादन बढ्ने अपेक्षा गरिएको छ। त्यस्तै बिउको उत्पादनका लागि पनि ठूलो रकम लगानी गरिएको छ। निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायका अनुसार तरकारी र अन्नको बिउ उत्पादनका लागि ८० लाख बजेट लगानी हुनेछ।  

यस्तै कर्णालीको ब्रान्ड निर्माणदेखि प्रांगारिक कृषि उत्पादनको बजारीकरण गर्न १० लाख ५० हजार, अर्गानिक मिसन कार्यक्रमका लागि ८५ लाख ५० हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा मात्रै ३ करोड ८६ लाख ५० हजार रुपैयाँ लगानी हुनेछ। 

कृषि व्यवसाय प्रवद्र्धनका ३५ वटा कार्यक्रमका लागि ६५ लाख, १० वटा लक्षित वर्ग विशेष कार्यक्रमका लागि एक करोड, तीन वटा व्यावसायिक वर्षे फलफूल नर्सरी स्रोत केन्द्र स्थापनका तीन वटा कार्यक्रमका लागि २१ लाख लगानी गर्न लागिएको छ। 

यस्तै ५० प्रतिशत सहुलियत व्यावसायिक तरकारी खेतीका ४३ वटा ठूला ग्रिन÷नेट हाउस निर्माणका लागि ३० लाख, च्याउको बिउ उत्पादनका लागि मेसिन खरिद तथा टनेल निर्माणका लाग १५ लाख र अनुदानमा हाते ट्र्याक्टर÷पावर टेलर÷थ्रेसर मेसिन खरिदका लागि ३० लाख लगानी हुने निर्देशनालयले जनाएको छ।

कृषि पर्यटकीय क्षेत्र निर्माण तथा पुष्पखेती सुदृढीकरण, सहकारी नमुना गाउँ विकास कार्यक्रम, कृषिमा आधारित साना उद्योग स्थापना तथा सञ्चालन, शीत भण्डार तथा चिस्यान केन्द्र निर्माण, गरिव किसान सरकार हातेमालो कार्यक्रम, कृषि बालीवस्तुको प्रवद्र्धन, नमुना फलफूल पकेट क्षेत्र विकास कार्यक्रम, फलफूल खेती प्रवद्र्धन, विदेशबाट फर्केका, महिला तथा अपांगलाई स्वरोजगार बनाउन पनि रकम लगानी गरिने निर्देशनालयले जनाएको छ। चालू आर्थिक वर्षभित्र सम्पन्न हुने उल्लेखित आयोजनाको लागि अधिकांश आयोजनाले काम सुरु भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.