विश्वविद्यालयमा तालै ताला

विश्वविद्यालयमा तालै ताला

चितवन : कृषि तथा वन विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूल ढोकामा तीनवटा ताला लागेका छन्। आफ्नो माग पूरा गराउन आन्दोलनमा उत्रिएका तीनवटा संगठनले छुट्टाछुट्टै ताला लगाएका हुन्। 

सत्तारूढ दल नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकटका प्राध्यापक र ज्यालादारी कर्मचारी आन्दोलनमा छन्। तालासँगै आन्दोलनरत केन्द्रीय कार्यालयको ढोका विज्ञप्तिले भरिएको छ। नेकपाको गुटगत राजनीतिले थला परेको कृषि तथा वन विश्वविद्यालयमा कांग्रेसको आन्दोलनले पनि थप प्रभाव पारेको हो। 

नेकपाको ओली र दाहाल–नेपाल समूहबीचको विवादले विश्वविद्यालयको काम कारबाही प्रभावित भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकटका प्राडा पुण्यप्रसाद रेग्मी नियुक्त भए। त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटकी प्राडा शारदा थपलियालाई उपकुलपति बनाउन चाहन्थे। गत असोज ११ गतेको रेग्मीको नियुक्तिले झन्डै एक वर्षदेखिको उपकुलपतिको रिक्त पदले पूर्णता पायो। 

सरकारले पुुस २१ गते रजिस्ट्रारमा थपलियालाई नियुक्ति ग¥यो। उपकुलपति रेग्मीले यसअघि नै तीनवटा संकायका डिन नियुक्त गरिसकेका छन्। रजिस्ट्रार नियुक्ति अगाडि डिनको नियुक्ति भएको भन्दै ओली निकट प्रगतिशील प्राध्यापक संघले केन्द्रीय कार्यालयसहित कृषि, वन र भेटेनरी संकायमा तालाबन्दी गरेका छन्। रजिस्ट्रार नियुक्तिपछि मात्रै डिन नियुक्तिको माग उनीहरूको छ।  

रेग्मीले पुसको पहिलो हप्ता कृषि र पशु विज्ञानको डिनमा पूर्वमाओवादी निकटकालाई नियुक्त गरे। कृषि संकायमा प्राडा जयप्रकाश दत्त र पशु विज्ञानमा प्राडा होमबहादुर बस्नेत नियुक्त भए। त्यस्तै दोस्रो साता नेपाली कांग्रेस निकटका बलराम भट्ट नियुक्त भए। यसपछि रुष्ट भएका ओली पक्षका प्राध्यापक आन्दोलनमा उत्रिए। प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष बलराम खनालले रजिस्ट्रार नियुक्ति अघि भएका डिनको नियुक्ति खारेजको माग गर्दै तालाबन्दी गरेको बताए। ‘रजिस्ट्रार अघि पदाधिकारी नियुक्ति शैक्षिक नियमावलीले दिँदैन’, उनले भने, ‘उपकूलपतिले यसको वातावरण निर्माण गर्न पहल गर्नुपर्छ।’ 

त्यस्तै सेवाआयोगको अध्यक्षमा प्राडा कल्याणी मिश्र त्रिपाठी नियुक्त भएकी छिन्। उनी पनि प्रधानमन्त्री ओली निकटकी हुन्। कांग्रेस निकटको प्रजातान्त्रवादी प्राध्यापक संघले राजनैतिक आस्थाको आधारमा पदाधिकारी छनोट गरिएको भन्दै असन्तुष्टि जनाएको छ। संघले निष्पक्ष पदाधिकारी नियुक्तिको माग गर्दै कार्यालयमा ताला लगाएको हो। ‘आवेदन हालेपछि मापदण्ड बनाएर योग्यलाई हटाइएको छ’, संघका कार्यवाहक अध्यक्ष जीवन अधिकारीले भने, ‘राम्रो मान्छे नहुँदा विश्वविद्यालय अगाडि बढ्न सक्दैन। हाम्रो माग भनेको उपकुलपतिपछि नियुक्त सबै बदर हुनुपर्छ।’  

गत वर्षको माघमा ज्यालादारी कर्मचारीले आन्दोलन थालेका थिए। उनीहरूले पटकपटक तालाबन्दी गर्दै आएका छन्। गत चैतमा खुलेको ताला फेरि साउन अन्तिममा लगाइएको छ। उपकुलपति नियुक्ति भएपछि माग पूरा हुने आसमा असोजमा खुलेको ताला मंसिर मसान्तमा लगाइएको छ। विश्वविद्यालयका उपकुलपति प्राडा रेग्मीले प्रक्रिया पूरा गरेपछि भएको नियुक्ति खारेज नहुने बताए। ‘विश्वविद्यालय बनाउने सबैको उद्देश्य छलफल  हो, छलफल र संवादबाटै समाधान हुन्छ’, उनले भने, ‘रजिस्ट्रार नियुक्त भएको छ। अब डिनसहित हामी संवाद अघि बढाउँछौ।’  तालाबन्दीको कारण विश्वविद्यालयको प्रशासनिक, आर्थिक गतिविधि ठप्प छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.