१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

झापा : लागुपदार्थ कारोबारसम्बन्धी मुद्दामा १३ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन्। गाँजासम्बन्धी मुद्दामा अदालतको फैसलाले सजाय तोकिएपछि फरार रहँदै आएका झापा खजुरगाछीका जयनारायण राजवंशीलाई झापा जिल्ला अदालतले ०६४ साल मंसिर ३ गते ५ हजार रुपैयाँ जरिवानासहित १ वर्ष कैदको फैसला गरेको थियो।

अदालतले सजायको फैसला गर्नासाथ फरार रहेका राजवंशीलाई गौरीगन्जको प्रहरी टोलीले माघ २ गते उनको घरबाटै पक्राउ गरी जिल्ला अदालत झापामा उपस्थित गराएको छ।

अदालतले राजवंशीलाई कैद भुक्तानका लागि जिल्ला कारागार चन्द्रगढी पठाउने आदेश दिएको छ। प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.