नयाँ प्रकारको भाइरसको सर्ने क्षमता ७० गुणा बढी

नयाँ प्रकारको भाइरसको सर्ने क्षमता ७० गुणा बढी

लन्डन : बेलायतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भएको छ। डिसेम्बरमा कुल संक्रमितको दुईतिहाइमा नयाँ भाइरस पाइएको सरकारी तथ्यांकले देखाएको छ।

बेलायतमा सेप्टेम्बरमा पहिलो पटक एक बिरामीमा नयाँ भाइरस संक्रमण पाइएको थियो। जसको पुष्टि भने अक्टोबरमा मात्रै भयो। लकडाउनको अवस्थामा अन्यत्र संक्रमण नियन्त्रण हुँदै गए पनि केन्ट क्षेत्रमा अस्वाभाविक रूपमा बढेपछि वैज्ञानिकले अध्ययन थालेका थिए। सोही अध्ययनले नयाँ स्वरूपको भाइरस पुष्टि गरेको हो।

यसबारे नयाँ–नयाँ तथ्य उजागर हुने क्रम जारी छ। आवश्यक अध्ययन र परीक्षण भइरहेका कारण यो भाइरसको संक्रमण, असरलगायत विभिन्न सवालमा धेरै प्रश्न अनुत्तरित छन्। अहिलेसम्मको तथ्यांकलाई आधार बनाएर बेलायती वैज्ञानिकले बताएअनुसार नयाँ भाइरसको फैलावट तीव्र छ। सामान्य भाइरसको तुलनामा यो भाइरस ७० प्रतिशतभन्दा बढी तीव्र दरमा फैलिरहेको छ।

यसको असर भने पहिलाको तुलनामा बढी घातक रहेको पुष्टि भएको छैन। नयाँ भाइरसको संक्रमणका कारण अस्पताल भर्ना हुनुपर्ने वा ज्यानै गुमाउने व्यक्तिको दर पनि पहिलाभन्दा बढी पाइएको छैन।

बेलायतमा कोभिड खोप लगाउन सुरु गरिसकिएको छ। नयाँ भाइरसको हकमा यी खोपले काम गर्छन् कि गर्दैनन् भनेर स्पष्ट भइसकेको छैन। वैज्ञानिक र कोभिड खोपका निर्माता नयाँ भाइरसका लागि पनि खोपले काम गर्नेमा आशावादी देखिएका छन् । यससम्बन्धी परीक्षणको नतिजा आउन अझै केही दिन लाग्नेछ।

बेलायतमा देखिएको नयाँ भाइरस विश्वभर फैलिएको छ। बेलायतमा नयाँ भाइरस भेटिएको चर्चासँगै धेरै मुलुकले बेलायतसँगको यात्रा प्रतिबन्ध घोषणा गरे। नेपालसहित कैयौं मुलुकमा बेलायतबाट यात्रा गर्न रोक छ। यस्ता प्रतिबन्धका बाबजुद भाइरस संक्रमण रोकिएन।

कोभेन्ट्री विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. ओम कुर्मीले समयको अन्तरालमा भाइरसको स्वरुप परिवर्तन हुनु सामान्य भएको बताए। कोभिडका हकमा पनि भाइरसका गुणमा परिवर्तन भएर नयाँ स्वरूप देखापरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.