कोरोना भाइरसको नयाँ स्ट्रेन

कोरोना भाइरसको नयाँ स्ट्रेन

काठमाडौँ : बेलायतसहित कैयौँ देशमा कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) फेला परेको छ। कोरोनाको नयाँ प्रकारका बारेमा अस्ट्रेलिया, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, इताली र डेनमार्कले चिन्ता प्रकट गरेका छन् ।

बेलायतमा देखापरेको नयाँ प्रकार पहिलेको भन्दा ७० प्रतिशतको गतिमा फैलिएको छ। यसलाई बी.१.१.७ नाम दिइएको छ । दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारी एवं भाइरलोजिस्टले यसलाई ५०१ भी २ भएको बताएका छन् । 

क्याम्ब्रिज विश्वविद्यालयका भाइरलोजिस्ट रवि गुप्ताले सोमबारसम्म नयाँ प्रकारको भाइरसका ६ हजार संक्रमित फेला परेको बताएका छन् ।  तीमध्ये सबैभन्दा बढी बेलायत र डेनमार्कमा रहेको उनले जानकारी दिएका छन् । 

इटालीले पनि आफ्नो देशमा नयाँ प्रकारका संक्रमित फेला परेको जानकारी दिएको छ । 
नेपाल भारत जस्ता कुपोषण युक्त मुलुकमा नयाँ प्रकार खतरनाक हुने बताइएको छ । प्रतिरोधक क्षमता कमजोर भएका व्यक्तिमा नयाँ प्रकारले छिटै प्रभावित गर्ने र लामो समयसम्म प्रभावित गर्न सक्ने दाबी गरिएको छ । हाल सामान्य रूपमा स्वस्थ व्यक्तिमा कोरोना भाइरस दुईदेखि तीन सातासम्म रहने गरेको छ । कोरोनाको नयाँ प्रकार कुपोषणयुक्त व्यक्तिमा चार महिनासम्म रहन सक्छ । 

नेपालमा समेत तीन जनामा नयाँ प्रकारको संक्रमण पुष्टि भइसकेको छ ।

भाइरस उत्परिवर्तन (म्यूटेशन) भएपछि भाइरसको नयाँ स्वरूप देखापरेको हो । भाइरस डीएनए आधारित र आरएनए (राइबो न्यूक्लिक एसिड) आधारित हुन्छन् । सार्स सीओभी–२ आरएनए आधारित भाइरस हो । इन्फ्लुएन्जा, एचआईभी, डेंगु र कोभिड आरएनए आधारित भाइरस हुन् । यी भाइरसले प्रत्येक वर्ष आफ्नो स्वभाव बदल्छ । 

इन्फ्लुएन्जा भाइरसका लागि प्रत्येक वर्ष खोप लिनु आवश्यक हुन्छ  । एचआईभी र डेंगुको हालसम्म खोप बन्न सकेको छैन । डेंगुको भाइस पनि परिवर्तन भइरहन्छ । कोभिड पनि यसै वर्गमा पर्छ । कोरोना भाइरसको एक वर्षमा पहिलो पटक ठूलो मात्रामा परिवर्तन देखिएको हो । –एजेन्सी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.