सर्वोच्चको निर्णय स्वीकार गर्नुपर्छ : डा. लोहनी

सर्वोच्चको निर्णय स्वीकार गर्नुपर्छ : डा. लोहनी

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले दिने निर्णय स्वीकार गरेर निर्वाचनमा जाने बताएका छन्  ।

प्रधानमन्त्री केपी ओली चालेको असंवैधानिक कदमको विषयमा संवैधानिका निकायको रुपमा रहेको सर्वोच्च अदालतले दिने निर्णय स्वीकार गरेर निर्वाचनमा जाने बताएका हुन्  । 

विराटनगरमा पत्रकार संगको भेटघाटमा अध्यक्ष लोहनीले भने, ‘संवैधानिक निकाय सर्वोच्च अलालत  हो । हामी निर्णयलाई स्वीकार गछौं।’ 

सर्वोच्चको निर्णय आएपछि संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डामा निर्वाचनमा जाने उनले सुनाए । उनले असवैधानिक कदमलाई संवैधानिक संरचनाले निरुपण गर्ने सर्वोच्च अदालतको निर्णय सबैले स्वीकार गर्नुपर्ने बताए । 

नेकपामा दुवै समूहको एउटै सिद्धान्त छ उनले भने, ‘ पैसा र सता ।’ एकले अर्को लाई पैसा नदिँदाको उपज नै विघटन भएको उनको भनाइ छ ।

बहुमत हुँदा हुँदै व्यक्तिगत स्वार्थको लागि असंवैधानिक कदम चाल्दा जनता निरास भएको उनले बताए ।  प्रतिनिधिसभा विघटन भए पछि ओली नेतृत्वको सरकार कामचलाउ बनेको उनको भनाइ छ । 

‘निर्वाचन घोषण गरेर मन्त्री थप्नु अर्को संविधान विपरित कार्यको उदाहरण हो’, उनले भने । 

संविधानको मूल्य र मान्यता विपरित गएर मन्त्रीको नियुक्ति र संवैधानिक अगंमा नियुक्त गर्नु सविधानको खिल्ली उडाउनु जस्तै भएको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.