रुकुम घटना : घाइतेलाई थप उपचारका लागि कोहलपुर पठाइयो

रुकुम घटना : घाइतेलाई थप उपचारका लागि कोहलपुर पठाइयो

जाजरकोट : रुकुम पश्चिमको आठवीसकोट नगरपालिका ९ राडी बजारमा मंगलबार भएको झडपमा घाइते भएका तीन जनालाई उपचारका लागि नेपालगन्ज पठाइएको छ । 

काँग्रेस नेता एवं ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही, नेपाल विद्यार्थी संघका नेता तेजविक्रम आरसी र कांग्रेस कार्यकर्ता दीपक केसीलाई उपचारका लागि पठाइएको हो ।

सोमबार बेलुका सुरु भएको झडप मंगलबार दिनभर चलेको थियो । आठबीसकोट नगरपालिकाको केन्द्र ९ नम्बर वडाको राडी बजारमा प्रहरी कार्यालयमै छलफलको क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

 झडप नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायर गरेको थियो भने केही सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । बेलुकी ५ बजे राडी बजारमा निषेधाज्ञा जारी गरिएपछि भिड तितरबितर भएको थियो।

इलाका प्रहरी कार्यालय आठबीसकोटका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर सुनारले निषेधाज्ञा जारी भएपछि राडी र त्यस आसपासको अवस्था सामान्य रहेको बताए। निषेधाज्ञा अझै कायमै छ ।

नेपाली कांग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीलगायतमाथि भएको आक्रमणको निन्दा र भत्र्सना गरेको छ । कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्नलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न तथा घाइतेहरुको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

बुधबार इलाका प्रहरी कार्यालय आठबीसकोटमा छलफल चलिरहेकै समयमा नेकपा (दाहाल–नेपाल) समूहका कार्यकर्ताले आक्रमण गर्दा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाही, नेविसंघका जिल्ला उपाध्यक्ष तेजबिक्रम आरसी, कांग्रेस क्रियाशिल सदस्य दीपक केसीसहित पाँच जना घाइते भएको कांग्रेसले जनाएको छ ।

नेकपाबाट निर्वाचित वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहले प्रहरीको अगाडि नै चक्कु प्रहार गरी घाइते बनाएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस्ता घटनाहरु पुनः नदोर्होयाउन नेकपालाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ ।

घाइते शाहीको अनुहारमा, आरसीको टाउकोमा र केसीको ढाडमा गम्भीर चोट लागेको छ । उनीहरुलाइ बुधबार बिहान थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल रेफर गरिएको  र अन्य दुई जनाको भने आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ जिल्ला प्रहरी प्रमुख धुव्र कुमार श्रेष्ठले बताए ।

यस्तै घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष केशरमान बिक, वडा नम्बर ८ का वडा अध्यक्ष मानबहादुर चनारासहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुबै राजनीतिक दलका कार्यकर्ता बिच आठबिसकोटमा खानेपानी, बस काउन्टर लगायतका बिषय विवादका मुख्य विषय भएको स्थानियको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.