जिबा खोलाको पुलनजिकै बम फेला, सेनाले गर्यो डिस्पोज
सिरहा : पूर्व–पश्चिम राजमार्ज अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलनजिकै प्रेसरकुकरमा हातले बनाएर राखिएको विस्फोटक वस्तु(बम) (इप्रोभाइज एक्सपोलिसिभ डिभाइस ‘आइडी’) फेलापरेको छ।
शनिबार बिहान प्रेसर कुकर राखिएको अवस्थामा विस्फोटक वस्तु भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिस्पोजल टोली पुगेर डिस्पोज गरेका छन्।
उक्त विस्फोटक वस्तु कसले र के प्रायोजनको लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी गराए। अवरुद्ध बाटो पूर्ण रुपमा सुचारु भएको उनले बताए।