तीनजना सवार मोटरसाइकल दुर्घटना : एकको मृत्यु

तीनजना सवार मोटरसाइकल दुर्घटना : एकको मृत्यु

राजविराज : तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा शनिबार एक युवकको मृत्यु भएको छ। सप्तरीको बिसनपुरबाट जाँदै गरेको प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल बोदे बर्साइनमा दुर्घटना हुँदा सप्तरीको खडक नगरपालिका–८ का १८ वर्षीय सुदिप चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ। उपचारका क्रममा मृत्यु भएका चौधरी मोटरसाइकलको बीचमा बसेका थिए।

मोटरसाइकल चालक खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडि सवार सोही ठाउँका १८ वर्षीय दिबेश चौधरी गम्भीर घाइते भएका छन्। टाउको र शरीरको विभिन्न भागमा चोट लागी घाइते उनीहरुको बोदे बर्साइनस्थित जीवनदीप अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि युनिक अस्पताल रुपनी ल्याइएको छ। 

तीन जना सवार तीब्र गतीको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको डिएसपी भुवनेश्वरप्रसाद साहले बताए। डिएसपी साहका अनुसार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको शवको पोष्टमार्टमको तयारी भइरहेको छ। दुर्घटना भएको मोटरसाइकल अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बोदे बरसाइनमा राखिएको छ।

    
गत बिहीबार पनि सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित हुलाकी राजमार्गमा तीन जना सवार प्रदेश २–०१–००१–प ६१४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो। तीन जना सवार तीव्र गतीको सो मोटरसाइकलका चालक खडक नगरपालिका–११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको थियो भने घाइते २१ वर्षीय सुनिलकुमार चौधरी उपचाररत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.