भारतमा एकैदिन १४ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

भारतमा एकैदिन १४ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

भारतमा कोरोना भाइरस संक्रमितको संख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको छ । २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८४९ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ६ लाख ५४ हजार ५३३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ ।

भारतमा २४ घण्टामा कोरोना संक्र्रमणको कारण १५५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक लाख ५३ हजार ३३९ जना पुगेको छ ।   

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख १६ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । 

हाल भारतमा एक लाख ८४ हजार ४०८ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा एक साता अघिदेखि कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु भईसकेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शनिबार १९७ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड-१९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ७९९ को मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड-१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड १७ लाख ६ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । 

शनिबार एकै दिनमा मात्र  सात लाख ८१ हजार ७५२ जनाको कोभिड-१९ परीक्षण गरेको जनाइएको छ  ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.