ओलीको आक्रोश : मैले राजनीति सिकाएकाहरूले मलाई निकाल्‍ने ?

ओलीको आक्रोश : मैले राजनीति सिकाएकाहरूले मलाई निकाल्‍ने ?

दाङ: प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले सुमधुर धुन बजाउँदा दाहाल-नेपाल समूह धामी नाच नाचिरहेको टिप्पणी गरेका छन् ।

'राजनीति स्वस्थ राजनीति हुनुपर्छ भन्ने हो तर उनीहरु अस्थिरता खोज्ने जनताको राम्रो भन्दा पनि आफनो स्वार्थमा रहेर धामी नाच नाचेका छन्,' ओलीले भने ।

यस्तै निर्वाचन हारेकाहरुले रेष्टुरेन्ट र चौतारीमा बसेर आफुलाई कारवाहीको नाटक गरेको पनि उनको टिप्पणी छ । उनले भनेका छन्, 'मैले राजनीति सिकाएकाहरुले मलाई नै पार्टी अध्यक्ष र साधाराण सदस्य समेत नरहने गरी कारवाही गरे रे ! पार्टीको बैठकमा नआउने २/४ जनाले रेष्टुरेन्टमा बसेर कारवाही गरे भन्दैमा कारवाही हुन्छ ?'

दाङको देउखुरीमा सोमवार नेकपाले गरेको वृहत जनसभालाई सम्वोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले अहिलेसम्म पार्टी एकजुट भएको भन्दै गल्ती महशुस गरेर आए स्वागत गरिने पनि बताए ।

राजनीतिक अस्थिरता ल्याउने र देशलाई बन्दी बनाउने तत्वहरुलाई ठेगान लगाउन निर्वाचन घोषणा गरिएको समेत ओलीले बताएका थिए ।

प्रचण्ड र नेपाललाई लक्षित गर्दै उनले लडाइँमा सिङ फुक्लिएको साँढे जसरी (भाँचिएको) फुक्लिएको सिङ लिएर हिँडिरहेको समेत आरोप लगाए । 'धेरै फाँफु गरिरहेका छन् । यीनीहरुको फाँफुले केही हुने वाला छैन,' उनले भने । तीखे गोरुको कथा सुनाउँदै ओलीले नाम उच्चारण नगरेरै प्रचण्ड र नेपाल सहूहलाई भने, अहिले उनीहरु फुक्लिएको सिङ बोकेर हिँडेको टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.