वामपन्थी नेता कुँवरको निधनप्रति प्रचण्ड-नेपालले गरे दु:ख व्यक्त

वामपन्थी नेता कुँवरको निधनप्रति प्रचण्ड-नेपालले गरे दु:ख व्यक्त

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । उनको निधनप्रति अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपालले दु:ख व्यक्त गरेका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनको निधनले पार्टी र सिंगो नेपाल कम्युनिस्ट आन्दोलनले एक अथक योद्धा तथा अभिभावक गुमाएको भन्दै द्वय  अध्यक्षले समवेदना व्यक्त गरेका छन्।

मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत  रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो । एक साता अघिदेखि खम्बासिंहलाई अस्पतालमा राखेर उपचार गरिँदै आएको थियो।

उनको आजै पवित्र तीर्थस्थल देवघाटमा दाहसंस्कार गरिँदै छ । उनी वि.स. १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं ७ मा जन्मिएका थिए। उनका एक छोरा र चार छोरी छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.