जनप्रतिनिधिको सुविधा मोह: मोटरसाइकल फिर्ता लिएर यातायात खर्च दिँदै रामग्राम नगरपालिका

जनप्रतिनिधिको सुविधा मोह: मोटरसाइकल फिर्ता लिएर यातायात खर्च दिँदै रामग्राम नगरपालिका

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वडाअध्यक्षहरुलाई उपलब्ध गराइएको मोटरसाइकल फिर्ता लिएर यातायात वापतको रकम भुक्तानी गर्न थालेको छ ।

जिल्लाका केही स्थानीय तहले भने कानुनी झन्झट आउनसक्ने भन्दै मोटरसाइकल फिर्ता लिन मानेका छैनन् । केही स्थानीय तहहरुले वडाध्यक्षले फिर्ता गरे पनि त्यसवापतको रकम भुक्तानी गरेका छैनन् । यातायात खर्च वापत मासिक १२ हजार रुपैयाँ पाउने भएपछि अहिले सबैजसो स्थानीय तहका वडाअध्यक्षहरुले प्रयोग गर्दैआएको मोटरसाइकल फिर्ता गर्न थालेका हुन् ।

जनप्रतिनिधिहरुको सुविधाअन्तरगत रामग्राम नगरपालिकाले सुरु वर्षदेखि नै वडाध्यक्षहरुलाई मोटरसाइकल उपलब्ध गराएको थियो । नगरपालिकामा १८ वडा छन् । जसमध्ये वडा नं. ४ का वडाअध्यक्षले पहिलेदेखि नै मोटरसाइकल लिएका छैनन् । केही वडामा पुराना मोटरसाईकल रहेकाले नगरपालिकाले १५ जना वडाध्यक्षका लागि स्पेलेण्डर मोटरसाइल खरिद गरेर दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए ।

खरिद गरेर दिएका मध्ये तीन जनाले अहिले पनि मोटरसाइकलकै सुविधा लिएका छन् । बाँकी सबै वडाध्यक्षले मोटरसाइकल फिर्ता गरेर त्यसवापतको मासिक १२ हजार रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको छ । नगरपालिकाले सुविधा नलिने जनप्रतिनिधिहरुलाई यातायातवापत रकम उपलब्ध गराउने निर्णय गरेकाले उक्त रकम दिइएको प्रशासकीय अधिकृत पन्थीले बताए ।

उनीहरुले साउनदेखि नै सो वापतको रकम बुझ्दै आएका छन् । वडाध्यक्षहरुले यातायातबाहेक मासिक २० हजार रुपैयाँ अन्य सेवा सुविधावापत रकम पाउने गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारको ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६’ मा यातायात सुविधा उपलब्ध नगराइएका जनप्रतिनिधिले मात्र सो वापत रकम पाउने उल्लेख छ ।

विधेयकमा कुनै सदस्यले यातायात सुविधा वापत कुनै सवारी साधन पाएको भए यातायात सुविधा वापतको रकम पाउने छैनन् भनेर स्पष्ट उल्लेख गरिएको छ ।

'एक पटक सुविधा दिइ सकिएको छ । फेरि सुविधा नलिएको भनेर फिर्ता गर्न नैतिकताले नमिल्ने र त्यसरी रकम पनि दिन नमिल्ने,' एक पालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने ।

सवारीसाधन उपलब्ध गराइएकाले वडाध्यक्षहरुलाई त्यसवापतको रकम नदिइएको पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम्ले बताए ।‘हामी कहाँ पनि वडाध्यक्षहरुले मोटरसाइकल फिर्ता गरेर रकम दिन माग गरेका थिए । तर सवारी साधन उपलब्ध गराइसकेकाले रकम दिन नमिल्ने भन्दै भुक्तानी दिइएको छैन ,’ गौतमले भने ।
सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले मोटरसाइकल फिर्ता गर्न आए पनि फिर्ता नलिइ सोही सुविधा प्रयोग गर्न भनिएको बताए । सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल र प्रतापपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले केही वडाध्यक्षले फिर्ता गरे पनि उनीहरुलाई रकम भुक्तानी नगरिएको बताए ।

कानुनी झन्झटले रकम दिन नसकिएको उनीहरुले बताए । बर्दघाट नगरपालिकाले भने वडाध्यक्षहरुलाई मोटरसाइकल नै दिइएको छैन । एक पटक मोटरसाइकल खरिद गरेर दिइएका स्थानीय तहहरुले फेरि फिर्ता लिएर रकम भुक्तानी गर्दा थप व्ययभार पर्न गएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.