भारतीय दूतावासमा भारतको ७२औं गणतन्त्र दिवस मनाइयो

भारतीय दूतावासमा भारतको ७२औं गणतन्त्र दिवस मनाइयो

काठमाडौं: नेपालस्थित भारतीय राजदूतावासले भारतको ७२औं गणतन्त्र दिवसलाई विभिन्न कार्यक्रम गरी मनाएको छ ।

यही जनवरी २६ मा भारतको गणतन्त्र दिवसको अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएका थिए । साथै उनले भारतका राष्ट्रपतिको सन्देश पढेर पनि सुनाए ।

उक्त दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरियो । दूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गरेको छ ।

सोही दिन राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना पनि गरे । नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समारोहको मुख्य अतिथिका रुपमा सरिक थिए । समारोहमा नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले वेबसाइट 'सम्पर्कभारतनेपालडटकम'को उद्घाटन समेत गरे ।

समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उनीहरुले पुर्‍याएको योगदानलाई कदर गर्दै उनीहरुको सम्मान समेत गरिएको दूतावासले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.