केकी र प्रकाशको ‘परदेशी–२’

केकी र प्रकाशको ‘परदेशी–२’

काठमाडौं : नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’ आउँदो वर्ष २०७८ को दसैंमा प्रदर्शन हुने भएको छ। फिल्मको छायांकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दसैंलाई प्रदर्शन मिति तय गरेको हो।

निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरी ५० दिन लगाएर फिल्मको छायांकन गरिएको बताए। अमेरिका र भारतका विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौंलगायतका स्थानमा फिल्म छायांकन गरिएको छ। 

निर्माता वंशलले छायांकन सकिएको र परिस्थिति सामान्यतर्फ फर्किंदै गरेको हुनाले प्रदर्शन मिति तय गरिएको बताए। ‘यस वर्षको दसैंमा प्रदर्शन गर्ने सोचका साथ फिल्मको छायांकन सुरु गरेका थियौं तर कोरोना महामारीका कारण सम्भव भएन। अब आउँदो वर्ष दसैंमा प्रदर्शन गर्छौं’, उनले भने।

फिल्मको कथा दसैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दसैंलाई नै रोज्नु परेको निर्देशक रायमाझीले बताए। ‘हामीले यस पटक अध्ययनका लागि बिदेसिने नेपाली विद्यार्थीको विषयवस्तुलाई केन्द्रमा राखेका छौं। यो विषयवस्तुलाई दर्शकले रुचाउनेछन्’, निर्देशक रायमाझीले भने।

नारायण इन्टरनेसनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रूपमा फिल्म निर्माण गरेका हुन्। फिल्मको कथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहेका गीतकार रमेश बिजीले तयार पारेका हुन्।

फिल्ममा दिलीप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देवेन्द्र बब्लूलगायतका कलाकारको अभिनय छ। लोकगायक प्रकाश यसै फिल्ममार्फत अभिनेताका रूपमा डेब्यु गर्दै छन्।

यसअघि दर्शकका लागि ‘गोर्खा पल्टन’, ‘परदेशी’जस्ता सुपरहिट फिल्म दिएका निर्देशक रायमाझी र निर्माता वंशलको ‘परदेशी–२’ तेस्रो फिल्म हो। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.