राजनीतिक भवितव्य

राजनीतिक भवितव्य


कांग्रेसले आफ्नो पहिचान, परिचय र पन यथावत् राख्न गुमेको पहिचान पुनर्बहाली गर्नुपर्छ


भर्खरै भएको प्रतिनिधिसभा विघटनबाट नेपालमा असहज परिस्थिति सिर्जना भएको छ। शासक दलको झन्डै दुईतिहाइबराबरको बहुमत संसद्मा थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गत निर्वाचनमा भएको पराजयबाट अझ तंग्रिएको थिएन। कत्तिले प्रतिपक्षी दलले भित्रभित्रै परोक्ष रूपमा सरकारलाई समर्थन गरेको पनि दोष लगाएका थिए। सरकार पाँच वर्षसम्म विनारोकटोक चल्ने प्रबल सम्भावना थियो। तर सत्तारुढ दलको आन्तरिक खिचातानीले काम गर्न नपाएको भन्दै प्रतिनिधिसभा विघटन भयो।

फेरि देशले नेपाली कांग्रेसबाट ठूलो आशा गरिरहेको छ। राजनीतिक भुमरीबाट देशलाई बचाउने कार्यभार कांग्रेसको काँधमा आएको सबैले बताइरहेका छन्। यही संकेत पाएर भर्खरै नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले कांगे्रस नेतालाई चीनको भ्रमण गर्न आमन्त्रण दिएको थियो। चीनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउन तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले खेलेको भूमिकाको चीनले सम्झिएजस्तो छ। योभन्दा पहिले भ्रमण गरेका चिनियाँ रक्षामन्त्रीले शिष्टाचार भेटसम्म गरेनन्। त्यसलगत्तै आएको चिनियाँ टोलीले निमन्त्रणा पत्र दिनुले कांग्रेसको बढ्दो महत्तवको संकेत दिएको छ। नेपालका साम्यवादी दललाई त्यत्रो आडभरोसा दिएर पनि यसले आफ्नो पदावधिलाई सम्मान गर्न नसकेकोमा चीन खिन्न भएको छ। आलोचनाको केही पर्वाह नै नगरी चिनियाँ राजदूत होउ यान्छीले खेलेको कूटनीतिक भूमिका पनि प्रभावकारी हुन सकेन।

चीन मात्र होइन; नेपाली जनता पनि साम्यवादी दलबाट क्रूद्ध छन्। उनीहरू कम्युनिस्ट पार्टीले ठूलो धोका दिएको अनुभूति गरिरहेका छन्। यस्तै रबैयाले कम्युनिस्ट पार्टीको पतन भयो। शिखरकोे उच्चाइबाट सागरको गहिराइमा झरेजस्तो भएको छ कम्युनिस्ट पार्टी।

देशको दुर्भाग्य भन्नुपर्छ कि विगतमा प्रजातन्त्र स्थापना भएर कतिपटक विस्थापित भएको छ। तर अहिले सदाका लागि प्रजातन्त्रलाई सुदृढ बनाउने मौका कांग्रेससामु आएको छ।

कांग्रेसले राष्ट्रिय संकट परेका बेलामा देशलाई एकपटक होइन पटकपटक बचाएको छ। देश राणाहरूको एकतन्त्रीय शासनबाट पिल्सिएका बेला जनक्रान्ति गरेर कांग्रेसले नेपालीलाई स्वतन्त्रता प्रदान गरेको थियो। यसले गर्दा प्रजातन्त्रको अभ्युदय नेपालमा भएको थियो। जनताले स्वतन्त्रताको उपभोग गर्न पाएका थिए।

त्यसैगरी तथाकथित पञ्चायती प्रजातन्त्रले देशवासीलाई दुःख दिएका बेला कांग्रेसले २०४७ सालमा आफ्नो नेतृत्वमा जनआन्दोलन सञ्चालन गरेर यसको क्रूर पञ्जाबाट फुत्काएको थियो।

देशमा माओवादी विद्रोह भएर कैयन्को ज्यान गएका बेलामा कांग्रेसले फेरि नेतृत्व ग्रहण गरेर २४० वर्षको राजसत्तालाई बिदा दि“दै गणतन्त्रकोे उदय गराएको थियो। देशले संघीय गणतन्त्रात्मक संविधान पनि कांग्रेसकै नेतृत्वमा पाएको थियो। विश्वभरमै एउटा दलले कुनै पनि देशमा यस्तो चमत्कारपूर्ण कर्तव्य निर्वाह गरेको देखिँदैन।

उपर्युक्त आन्दोलनमा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला तथा उनीहरूका सहयात्रीले नेतृत्व प्रदान गरेका थिए। यो जिम्मेवारी शेरबहादुर दउवा तथा रामचन्द्र पौडेलका का“धमा आएको छ। यो देशमा प्रजातन्त्रलाई दिगो बनाउने सुअवसर पनि हो। देशको दुर्भाग्य भन्नुपर्छ कि विगतमा प्रजातन्त्र स्थापना भएर कतिपटक विस्थापित भएको छ। तर अहिले सदाका लागि प्रजातन्त्रलाई सुदृढ बनाउने मौका कांग्रेससामु आएको छ।

कांग्रेसले यी तीनै राजनीतिक परिघटनाबाट पाठ सिक्नुपर्छ। यी घटनाको सफलताको कारण के थियो; यसलाई विश्लेषण गर्नुपर्छ। तिनै परिस्थितिमा कांग्रेसले सिद्धान्तसित सम्झौता गरेन। प्रजातन्त्र, राष्ट्रियता, संवैधानिक राजतन्त्र तथा समाजवादको संगमको वरिपरि रहिरह्यो। यसलाई कांग्रेसले परित्याग गरेन। यी सिद्धान्तबाट विचलित भएका बेला कांग्रेसले दुःख पाएको छ। दोस्रो कुरा स्वार्थप्रति कांग्रेस कहिल्यै आकृष्ट भएन।

विश्वेश्वरप्रसादले चाहेका भए राणाबाट धेरै सुविधा पाउँथे तर उनले कहिल्यै पनि शक्तिका लागि राल काढेनन्। उनको प्रजातन्त्र प्राप्तिको एक मात्र उद्देश्य थियो। यसप्रति उनले अर्जुनदृष्टि लगाएकाले जनक्रान्ति सफल भयो। जनक्रान्तिपछि कांग्रेसले दुईतिहाइ बहुमतको विजय प्राप्त गर्‍यो। त्यसपछि गठन भएको मन्त्रिमण्डलमा बीपीले प्रधानमन्त्री हुने चाहना दर्शाएनन्। बीपीपत्नी सुशीलाले प्रधानमन्त्री हुनु हुँदैन नै भन्नुभएको थियो। तर सुवर्णशमशेरले दलकोे नेता प्रधानमन्त्री हुनुपर्छ भनेपछि उनले जिम्मेवारी बहन गरेका हुन्। त्यसैगरी गणेशमान सिंहले पनि स्वार्थलाई तुच्छ सम्झेका थिए। २०४७ सालको जनआन्दोलन सफल भएपछि उनलाई प्रधानमन्त्री हुने प्रस्ताव राजाबाट भयो; तर उनले कृष्णप्रसाद भट्टराइलाई अगाडि सारे। जनताले पाउने उच्च पद भनेकै प्रधानमन्त्री हो। यसलाई पनि नकारेर उनी स्वार्थहीनताको पुञ्जका रूपमा स्थापित भए।

कृष्णप्रसादको स्वार्थहीनता उनी प्रधानमन्त्रीनिवास बालुवाटारबाट निजी आबासमा फर्किंदा उनीसित भएको छाता, सुराही र लौरोले पर्याप्त रूपमा चित्रण गर्छ। त्यसैगरी सुशील कोइरालाको स्वार्थहीनता उनीसित भएका पाँचवटा मोबाइलले झल्काउ“छ। यसैले गर्दा उनीहरू सन्त राजनीतिज्ञका रूपमा परिचित छन्।

गिरिजाप्रसादले केही गल्ती गरे पनि पछि उनी व्यावहारिक भएका थिए। गणेशमानसितको विमति र पछि कृष्णप्रसादसितको बेमेल यसका परिचायक हुन्। तर उनी आफ्ना सबल तथा दुर्वल पक्षसित परिचित थिए। फलतः २०५६ सालको निर्वाचनमा उनले प्रधानमन्त्रीका रूपमा कृष्णप्रसादलाई प्रक्षेपण गरे। अपेक्षाअनुरूप कांग्रेसले निर्वाचनमा बहुमत प्राप्त गर्‍यो। पछि उनले सुझबुझका साथ माओवादी विद्रोहलाई शान्तिपूर्ण मोडमा अवतरण गराए। यसबाट उनको राजनीतिक धोइपखाली भएको हो। राजा ज्ञानेन्द्रको बहिर्गमनपछि उनी राष्ट्राध्यक्ष पनि भए। बेलायतमा सन् १६४८ मा राजा चाल्र्सको शिरछेदनपछिको थोमास क्रमबेलजस्तै उनी शक्तिशाली भए। तेस्रो कारक भनेको संगठन हो। विश्वेश्वरप्रसाद र विशेष गरेर गिरिजाप्रसाद संगठन निर्माण क्षेत्रमा प्रवीण थिए।

अहिले पनि कांग्रेसले सिद्धान्त, स्वार्थहीनता तथा संगठनमा ध्यान दिनुपर्छ। कांग्रेसले बृहत्तर प्राप्तिका लागि सानातिना झीनामसिना स्वार्थ परित्याग गर्नुपर्छ। कांग्रेसले संसद् विघटन असंवैधानिक भएको ठहर गरिसकेको छ। तर कति राजनीतिक पर्यवेक्षकलाई यो कांग्रेसको हात्तीको जस्तै देखाउने दाँत मात्र हो भनिरहेका छन्। कांग्रेसले गरेको विरोध निर्वाचनको तयारी हो भनेर मानिसले टीकाटिप्पणी गरिरहेका छन्।

प्रजातन्त्रवादी दललाई निर्वाचन हुनु भनेकै एक प्रकारको विजय हो। प्रजातन्त्रवादी दलले निर्वाचनपछि पराजय भए पनि त्यति दुःख मान्दैन। तर निर्वाचन अवरुद्ध भयो भने प्रजातन्त्रवादी दललाई योभन्दा ठूलो अर्को धक्का केही पनि पर्दैन। त्यसकारण निर्वाचनतर्फ कांग्रेसले झुकाव देखाउनु स्वाभाविक हो। तर अहिलेको निर्वाचन नियमित निर्वाचनजस्तो होइन। प्रतिनिधिसभाको विघटन र निर्वाचन भनेको सरकार तथा सर्वाेच्च अदालतले संविधानलाई नकार्नु हो। यसो गरेको खण्डमा संविधान बाबु तथा आमाले परित्याग गरेको बालकजस्तो हुन्छ। यो खोस्टोमा परिणत हुन्छ अनि संविधानबिनाको निर्वाचनको के औचित्य हुन्छ ?

प्रतिनिधिसभाको अपरिहार्यताप्रति कांग्रेस सचेत हुनुपर्छ। प्रतिनिधिसभाको अनुपस्थितिमा रिक्तता पैदा हुन्छ। त्यसैकारण राजा ज्ञानेन्द्रले संसद् विघटन गरेपछि गिरिजाप्रसादले प्रतिगमनको नारा दिएका थिए। उनले सुरुदेखि नै संसद् पुनस्र्थापनाको जिकिर गरेका थिए। किनभने प्रतिनिधिसभाले राष्ट्रिय क्रियाकलापका लागि उपयुक्त स्थान प्रदान गर्छ।

कतैकतै संविधानको पुनर्लेखन हुनुपर्ने विचार व्यक्त भएको पाइएको छ। कसैले संशोधन गर्ने प्रस्ताव पनि राखेका छन् तर यो सबै प्रतिनिधिसभा र संविधान विद्यमान रहे मात्र गर्न सकिने कुरो हो। त्यसकारण अहिलेको आवश्यकता भनेको प्रतिनिधिसभा पुनस्र्थापना गरेर सर्वदलीय सरकार बनाएर पहिले कोरोनाविरुद्ध खोप देशको कुनाकन्दरामा पुर्‍याउनु हो। त्यसपछि पा“च वर्षपछिको निर्वाचन गराउनुपर्छ। यसका लागि कांग्रेसले संयोजकको भूमिका निर्वाह गर्नुपर्छ। कांग्रेसको संसद्मा कम संख्या भए पनि धेरै सिट हुनेले देशलाई खाल्डोमा हालेकाले धेरै संख्याको अर्थ रहेन। त्यसकारण सबै दलले कांग्रेसलाई उहिल्यैदेखि लिँदै आएको नेतृत्वकारी भूमिका प्रदान गर्नुपर्छ।

यसो भएमा कांग्रेसको आगामी निर्वाचनमा दुईतिहाइको हाराहारीमा विजय हुने सम्भावना छ। तर यसका लागि कांग्रेसले आफ्नो पहिचान, परिचय र पनलाई यथावत् राख्नुपर्छ। गुमेको पहिचान पुनर्बहाली गर्नुपर्छ। कांग्रेसको पहिचान भनेको बीपी पथ हो। यो भनेको प्रजाातन्त्र, राष्ट्रियता तथा समाजवाद हो। यसको परिवर्तित समयमा पुनव्र्याख्या गर्नुपर्छ। यस क्रममा बीपी सोसलिस्ट इन्टरन्यासनलजस्ता संस्थाबाट सहयोग लिन सकिन्छ। संवैधानिक राजतन्त्रले कांग्रेसको घा“टी बारम्बार रेटेकाले यसको औचित्य समाप्त भइसके पनि आलंकारिक राजतन्त्रबारेमा र हिन्दुराष्ट्रबारेमा जनमत गराउन पछाडि सर्नु हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.