प्रचण्डलाई ओलीको प्रश्न : अब चुनावमा कता जाने हो ? जंगल जाने होइन !

प्रचण्डलाई ओलीको प्रश्न : अब चुनावमा कता जाने हो ? जंगल जाने होइन !

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले २०७४ मा प्रचण्डलाई चुनाव जिताएको दाबी गर्दै अब उनी कता जाने हुन भन्दै प्रश्न गरेका छन् । बिहीबार नेपाल ट्रेड युनियन महासंघको भेलालाई राजधानीमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

ओलीले प्रचण्ड कीर्तिपुरमा हारेको, रोल्पा, सिरहा, कीर्तिपुर हुँदै चितवन गएको भन्दै अब कता जाने भनेर प्रश्न गरेका हुन् । ओलीले २०७४ मा चितवनमा ठूलो सभा गरेर प्रचण्डलाई आफूले जिताएको दाबी गरेका हुन् ।

‘२०७४ मा चितवनमा उहाँलाई हामीले जिताएको हो। ठूला सभा गरेर। जनतालाई लौन भोट हालिदिनुस् भनेर आग्रह र अनुरोध गरेर जिताएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘२०७० सालमा त बत्ती निभाएर, बाकस साटेर जितेको हाे त्यसअघि कीर्तिपुर हारेको हाे। पहिला रोल्पा जानुभाे, त्यसपछि सिरहा जानुभयाे, कीर्तिपुर हुँदै चितवन जानुभयो अब कता जाने हो ? जंगल जाने होइन !’ 

ओलीले प्रचण्ड जनयुद्धमा जंगल नबसेर दिल्लीमा कपालमा जेल हालेर बसेको आरोपसमेत लगाए । ‘उहाँ जंगल बसेको होइन। त्यसबेला दिल्ली हुनुहुन्थ्यो हामीलाई थाहा छ,’ ओलीले भने, ‘कार्यकर्ता जंगल बसाउनुभयो। जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो।’

प्रधानमन्त्री ओलीले प्रचण्डले सूर्य चिह्न दाबी गर्नुलाई उनले दशा लागेको संज्ञा दिएका छन् ।  ‘कहिलेबाट तपाईंको भो सूर्य चिह्न ?’, ओलीले प्रश्न गर्दै भने, ‘पार्टी छोडेपछि सूर्य चिह्न ? सही बाटो हिँडेर यही बसेको भए सूर्य चिह्न उहाँको हुन्थ्यो । दशा लागेपछि के लाग्छ !’ 

ओलीले अबको तीन महिनामा प्रचण्ड र माधवकुमार नेपाल नागरिक समाजका अगुवा हुने बताए । 

‘एक जना साथी अस्ति नागरिक अगुवा भएर जानुभएछ। यसो चित्र निहालेर हेरेँ । अरू अझै गएका रहेनछन्। प्रचण्ड–नेपालहरूको पनि बाटो त्यही हो’, ओलीले भने, ‘उनीहरू पनि त्यहीँ पुग्छन्। तीन महिनामा यिनीहरू पनि नागरिक समाज हुन्छन्।’

ओलीले आफूविरुद्ध मुद्दा दर्ता गरेर कानुन पढेकाले काम पाइरहेको समेत बताए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.