नवलपरासीमा दुई छोरीसहित आमाको आत्महत्या

नवलपरासीमा दुई छोरीसहित आमाको आत्महत्या

परासी: पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवास्थित ३५ वर्षीया अनिता चौधरीले बुधबार राति विष खाएर २ छोरीलाई समेत विष खुवाएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

विष सेवनका कारण १२ वर्षीया छोरी नेहा, १० वर्षीया अर्की छोरी हेमा र अनिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए ।

विष सेवनपछि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्‍याइएका उनीहरुको त्यहाँ उपचार हुन नसेपछि भैरहवा मेडिकल कलेजमा पठाइएको थियो । उपचारका क्रममा तीनै जनाको बिहीबार बिहान अस्पतालमा मृत्यु भएको डिएसपी लामाले जानकारी दिए ।

बुधबार राति करिब १० बजे घरको च्यानल गेटमा ताला लगाएर सबै जना कोठामा गएका थिए । कोठामा पुगेपछि अनिताले दुई छोरीलाई विष खुवाएपछि आफूले पनि खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी लामाले बताए ।

विष सेवन पश्चात घरभित्रबाट चिच्चाहट सनेुपछि स्थानीयहरु घरको छत हुँदै च्यानल गेटको ताला फोडेर कोठामा पुगेका थिए । स्थानीय पुग्दा तीनै जना कोठामा छट्पटाइरहेको प्रहरीले जनाएको छ । कोठामा दुई वटा चिया पिउने गिलासमा पानी जस्तो तरल पदार्थ देखिएकाले त्यसैमा विष राखेर छोरीहरुलाई दिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

कोठामा मृतकहरुले बान्ता गर्ने क्रममा १०/१२ वटा विषका ट्याब्लेट देखिएका थिए ।  मृतक चौधरीका श्रीमान जितेन्द्र रोजगारीका लागि मलेसियामा छन् । चौधरीका सन्तानमा २ छोरी मात्र थिए ।

विदेशमा रहेका जितेन्द्रका बाबुआमा र अन्य दुई भाइ छन् । चौधरीले अंशवण्डा गर्न बाबुआमासँग माग गर्दैआएका थिए । अंश नदिएपछि ५ वर्षदेखि जितेन्द्र, श्रीमती र २ छोरी लिएर छुट्टै बस्दै आएको स्थानीयले बताए । बाबुआमा अन्य दुई छोराहरुसँग बस्दै आएका छन् ।

अंश नदिएपछि श्रीमानसँगकै सल्लाहमा अनिताले अदालतमा मुद्दा दिएर १२ कट्ठा जग्गा पाएको वडाध्यक्ष दिनेश सहानीले बताए । सोही जग्गामा जितेन्द्रले घर बनाएर परिवार राखेका थिए । अंश झगडाकै कारण भाइहरु र बाबुआमाको जितेन्द्रको घरमा आउजाउ छैन ।

‘विदेशमा रहेका जितेन्द्र मिलनसार र सोझा व्यक्ति हुन् । श्रीमती र छोरीहरुलाई राम्रैसँग हेर्दै आएका थिए । कसरी घटना भयो हामी  पनि अचम्म छौं ।  ’ वडाध्यक्ष सहानीले भने ।

घटना हुनुभन्दा तीन दिनअघि मृतक अनिता र देवरबीच दिउँसो सामान्य भनाभन भएको स्थानीयले बताए । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा मृतक चौधरी र उनका छोरीहरुलाई बाहिरबाट घरमा आएर कसैले विष खुवाएको आशंका गर्ने प्रमाण अहिलेसम्म भेटिएको छैन । अंशवण्डा वा अन्य तनाब के कारणले उक्त घटना भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.