पुष्पलाललाई झैँ ओलीलाई पनि गलहत्याउन खोजियोः मन्त्री नेम्वाङ

पुष्पलाललाई झैँ ओलीलाई पनि गलहत्याउन खोजियोः मन्त्री नेम्वाङ

ओखलढुंगा: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुष्पलाललाई जस्तै गलहत्याउन खोजिएको आरोप लगाएका छन् ।

केपी ओली समूहको भेलालाई ओखलढुंगाको रामपुरमा सम्बोधन गर्दै मन्त्री नेम्वाङले निर्वाचित महासचिव पुष्पलाललाई जस्तै ओलीलाई हटाउने षड्यन्त्र गरेकाले संसद विघटन भएको जिकिर गरे ।

ओलीको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपाली को नारा पूरा गर्ने अभियानलाई असहयोग गर्दै नेपाल प्रचण्ड समूह कुण्ठा पोख्न सडकमा पुगेको दावी गरे । उनले भने, ‘पार्टीमा समस्या आयो भनेर चिन्ता नलिनूहोस्, अलमल नगरिकन विकास र स्थिरताको पक्षमा आउनूहोस् ।’

ओली समूहले मोलुङ गाउँपालिकाको रामपुर बजारमा गरेको सभामा उनले स्थिर सरकार र विकासका लागि निर्वाचन आवश्यक भएको जिकिर गरे । गलत बिचार, प्रवृत्ति कुण्ठा र महत्वकांक्षाले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने तर्क गरे । प्रचण्ड-माधव समूहप्रति लक्षित गर्दै उनले भने, 'पार्टी ठूलो भए पनि गलत बिचार, प्रवृत्ति कुण्ठाले आन्दोलन ध्वस्त हुन्छ ।’

मन्त्री नेम्वाङले आफ्नो कार्यकालमा ३० हजार किलोमिटर सडक स्तरोन्नति, ३ हजार किलोमिटर सडक कालोपत्रे भएको पनि दावी गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.