सडकमा सुतेर प्रतिनिधिसभा विघटनको विरोध (फोटो फिचर)

सडकमा सुतेर प्रतिनिधिसभा विघटनको विरोध (फोटो फिचर)

काठमाडौं : भर्खरै थुनुवा कक्षबाट निकालिएका एक युवक मैलो भोटो र धोती लगायर उभिएका छन्  । हातमा बन्दुक बोकेका पहरेदारले उनलाई पहरा दिइरहेका छन् । नजिकै रहेको खरीको रुखमा मोटो डोरी झुण्डिरहेको छ। 

डोरीको मुखैमा सुर्के गाँठो कसेर कोही मानिसलाई मृत्युदण्ड दिने तयारी भइरहेको जस्तो देखिन्छ । टेकु पचलीमा रहेको यो रुख त्यही रुख हो जहा वि. सं. १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको थियो । 

झट्ट हेर्दा केही डरलाग्दो दृष्य । बाटामा हिड्नेहरु पनि टक्क रोकिएर हेरिरहेका थिए । बृहत नागरिक आन्दोलन समूहले शुक्रबार टेकु पचलीमा विरोध स्वरुप कलात्मक प्रस्तुति दिएको हो । 

शिल्पी थिएटरको प्रस्तुतिमा रंगकर्मीले सहिद शुक्रराज शास्त्रीको जीवनी र मृत्युवरणलाई नाटक मार्फत देखाएका हुन् । शुक्रराजको भूमिकामा थिए कलाकार युवराज घिमिरे । उनलाई सहयोग गरेका थिए पवित्रा खड्का, रविन्द्र खड्का, रविन परियार, गोविन्द ओली, रवि श्रेष्ठ लगायतको समूहले । 

 ‘प्रतिगमन विरुद्धको प्रतिरोध’ कार्यक्रममा कलाकारले सडकमै नाटक प्रदर्शन गरेका हुन् । संसद पुनस्र्थापना हुनुपर्ने भन्दै नागरिक अगुवाले सडकमै सुतेरसमेत प्रदर्शन गरेका छन् ।  

प्रधानमन्त्री केपी ओलीले  पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन सुरु गरेको भन्दै निरन्तर आन्दोलनमा उत्रिएको नागरिक समूहले शुक्रबार फरक ढंगले विरोध प्रदर्शन गरेको हो । 

सहिद दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागीले सडकमै सुतेर विरोध गरे । विरोधमा सहभागी सबै  सडकमै लम्पसार परेका थिए । 

‘डाइ इन प्रोटेस्ट’ नामक दिइएको सांकेतिक विरोधको शैली पछ्याउदै सहभागी युवा सडकमै लम्पसार परेर सुतेका हुन् । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक आन्दोलनमा केही दिनअघि पानीको फोहोरा प्रहार भएको थियो । शुक्रबारको आन्दोलनमा भने सुरक्षाकर्मीले कुनै हस्तक्षेप गरेनन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.