चिसोले जनजीवन कष्टकर

चिसोले जनजीवन कष्टकर

गुलरिया : मध्य तथा पहाडी जिल्लाहरुमा भैरहेको हिमपातका कारण चिसो बढ्दा बर्दिया लगायत आसपासका स्थानीयहरुको जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसोका कारण बालबालिका, बृद्धबृद्धा, महिला लगायत पशुचौपायाहरु प्रभावित बनेका छन्।

    
बर्दियामा केही दिनदेखि बाक्लो हुस्सुका कारण घाम देखिएको छैन। घाम नलागेपछि चिसो ह्वात्तै बढेको छ। चिसोले गर्दा स्थानीयको दैनिकी कष्टकर बनेको छ। अत्यावस्यक काम बाहेक मानिसहरु घरबाटबाहिर निस्किन सकेका छैनन्। चिसोले गर्दा काममा जान सकेको छैन दाउरा बेचेर जिविकोपार्जन गर्दै आइरहेका गुलरिया नगरपालिका वडा नम्वर ७ का सद्धिक नाउँले बताए। उनले भने, 'दाउरा नबेचे साँझ बिहानको चुलो बल्दैन। जाँडोले धेरै समस्या पारेको छ। घरमा ओड्ने कम्बल पनि छैनन्। आगो बालेर दिनरात बिताउनु पर्ने अवस्था छ।'

अस्पतालमा समेत चिसोका बिरामीहरु आउन थालेका छन्। कोभिडका कारण मास्कको प्रयोग र घरबाहिर ननिस्कने बानीले विगतमा जस्तो दम, निमोनिया, पखालाका बिरामीहरुमा कमी आएको बर्दिया अस्पताल गुलरियाका प्रमुख सुभाष पाण्डेयले बताए। उनले भने, 'चिसो एकदमै बढेको छ। यस्तो अवस्थामा एकदमै सजग हुनुपर्छ। चिसोबाट जोगिन तातो झोलिलो पेय पदार्थ पिउने। अत्यावस्यक काम बाहेक घरबाट बाहिर ननिस्कने। बृद्धबृद्धा, महिला तथा बालबालिकालाई न्यानोमा राख्न आवश्यक छ।'

बर्दियाका गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरापालिका र गेरुवा, बढैयाताल गाउँपालिकाका स्थनीयहरु जाडोका कारण कष्टकर अवस्थासँग जुध्न बाध्य छन्। छिमेकी बाँके, कैलाली, कञ्चनपुर लगायतका तराईका जिल्लाहरुमा समेत बाक्लो हुस्सु सहित तुषारापात भैरहेको छ। मौसम पूर्वानुमान महाशाखाले केही दिन वर्षा नहुने जनाएको छ। हिउँदे वर्षा भैसकेपछि बादल फाट्ने र जाडो जानेमा स्थानीयहरु आशावादी छन्।
    
अत्यधिक जाडोका कारण बाक्लो कपडाको ब्यापार बढेको छ। जाडोले गर्दा बाक्लो कपडा किन्ने मानिसहरु दिनहुँ बढेको गुलरिया स्थित निशा जनरल स्टोरका प्रोपराइटर कृष्णप्रसाद मैनालीले बताए। जाडोमा हाइनेक, स्विटर, ज्याकेट, टाउजर, सल, टोपी लगायतका उनजन्य कपडाहरु बढी खपत हुने गरेको छ। आरम्भमा जाडो नभए पनि सकिने बेलामा एक्कासी जाडो बढेपछि ग्राहकहरुले आफ्ना सुरक्षाका लागि कपडाहरु खरिद गर्ने क्रम बढेको मैनालीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.