प्रतिनिधिसभा विघटन संवैधानिक छ, पुनर्स्थापना हुँदैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन संवैधानिक छ, पुनर्स्थापना हुँदैन : प्रधानमन्त्री ओली

सिरहा : प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा विघटन संवैधानिक भएको बताएका छन्। सोमबार सिरहा सदरमुकामस्थित स्वर्गीय हेमनारायण यादवको १७औँ स्मृतिसभामा उनले यस्तो बताएका हुन्। 

‘अहिले यो प्रतिनिधिसभा विघटन संवैधानिक छ कि छैन भनेर तर्क वितर्क भइरहेका छन्। केही व्यक्तिले संवैधानिक छैन् भनिरहेका छन,’ उनले भने,‘यो विघटन संवैधानिक छ। अब निर्वाचन हुन्छ।’

प्रतिनिधिसभा कुनै हालतमा पुनर्स्थापना नहुने उनले बताए। ‘विघटित प्रतिनिधि सभा पूर्नस्थापना हुने, पार्टी खुलाउने, खुलिसकेको पार्टी अनेक तत्वहरुसँग मिलेर किनबेच गरेर, नक्कली सरकार बनाइरहने, त्यो काम अब हुँदैन्,’प्रधानमन्त्री ओलीले भने,‘अब जनताको ताजा जनादेशबाट सुद्धृढ सरकार बनाउनुपर्छ।’ भ्रष्ट तत्वहरुलाई चुनावबाट हराउन उनले कार्यकर्तालाई आहवान गरे। 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट केहीतत्वहरु बाहिरिएपछि फेरि जुर्मुराएको उनले बताए। ‘हाम्रा पार्टीका नेता,कार्याकर्ताले ३ वर्षसम्म काम गर्न पाएनन्। केही तत्वहरुका कारण पार्टी अलपत्र, छरपस्ट भयो,’उनले भने,‘ती मानिसहरु बाहिर गए। अहिले पार्टी फेरि जुर्मुराएको छ।’

अहिले निर्वाचन आयोग, अदालतलाई धम्काउने कार्य भइरहेको उनले आरोप लगाए। राष्ट्रपतिलाई विरोध गर्ने र धम्काउने कार्य अब नचल्ने उनले बताए। प्रधानमन्त्री सिरहा आएपछि सुरक्षा कडा पारिएको थियो। नेपाल–प्रचण्ड समूहका कार्यकर्ताले कालो झण्डा देखाउन खोज्दा प्रहरीले केही व्यक्ति नियन्त्रणमा लिएका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.