डोटीमा आठ सय ७७ जनाले लगाए कोरोना खोप

डोटीमा आठ सय ७७ जनाले लगाए कोरोना खोप

डोटी : डोटीमा कोभिड खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयं सेविकाको उपस्थिति उत्साहजन रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । डोटीमा सोमबारसम्म आठ सय ७७ जनाले कोभिड खोप लगाएका छन् ।

खोप लागाउनेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको बताइएको छ । जसमा महिला पाँच सय ३२ रहेका छन् भने पुरुषहरु तीन सय ४५ रहेका छन् । बुधबारदेखि सुरु भएको कोभिड खोप अभियानमा जिल्लाभरीबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तह अनुसार पालैपालो आइरहेका स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । खोप अभियान जिल्ला अस्पताल परिसरमा संचालन भइरहेको छ ।

डोटीमा जम्मा १६ सय २० डोज भ्याक्सीन आएको मलासीले बताए । सरकारले निर्धारण गरेको पहिलो चरणमा लगाइने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालक लगायत जिल्लामा जम्मा १५ सय २६ जनालाई खोप लगाउने लक्ष्य लिएको मलासीले जनाए ।

सोमबारसम्म खोप लगाउने निर्णय भएपनि त्यो समय बढाएर माघ २२ गतेसम्म राखिएको छ । खोप लगाउन अझै केहि संख्यामा बाँकी रहेकाले कोभिड खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णय अनुसार केही दिन समय बढाएको मलासीले बताए ।

३३ जनामा असर

डोटीमा कोभिड खोप लगाउनेहरुमा ३३ जनालाई सामान्य केहि असर देखिएको मलासीले जानकारी दिए ।खोप लगाउने जम्मा आठ सय ७७ जनामध्ये ३३ जनालाई असर देखिएको हो । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्ने लगायतका समस्या देखिएको बताइएको छ । केही समयमात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ-आफ्नो नियमित काममा फर्किसकिएको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.