रोजाइमा छाँगे झरना

रोजाइमा छाँगे झरना

भोजपुर : जिल्लाकै सबैभन्दा आकर्षक र महत्त्वपूर्ण मानिने ‘छाँगे झरना’ प्रचारप्रसारको अभावले ओझेलमा छ। षडानन्द नगरपालिका–३, खार्तम्छामा पर्ने उक्त झरना जिल्लाकै एकमात्र अग्लो झरना हो। यसको उचाइ एक सय ३९ मिटर छ। पर्यटकीय हिसाबले प्रमुख आकर्षणको केन्द्र भए पनि आवश्यक पूर्वाधार नहुँदा यो ओझेलमा परेको हो। 

झरनाको प्राकृतिक सुन्दरताले घुम्न आउने जोकोहीको मन लोभ्याउँछ। मनमोहक पानी खसेको झरना हेर्न र घुमफिर गर्न आउने आगन्तुक घण्टौंसम्म प्राकृतिक स्वादमा भुलिने गर्छन्। पर्यटकीय प्रचुर सम्भावना बोके पनि झरनाको प्रवद्र्धन हुन सकेको छैन। प्राकृतिक सौन्दर्यको आनन्द लिन आउने पर्यटक घण्टौं हिँडेर झरना हेर्न आउँछन्। 

किरात राई समुदायको धार्मिक पूजाआजासमेत हुने भएकाले उक्त झरनालाई ‘छाँगे धाम’ले पनि चिनिन्छ। तर, प्रचारप्रसारको कमीले झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नसकिएको स्थानीय शोम्बा तामाङ सुनाउँछन्। उनले भने, ‘झरनाको सांस्कृतिक र धार्मिक महत्त्वको विषय उठान गर्नसके बाह्य पर्यटक भिœयाउन सकिन्थ्यो।’

धार्मिक पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले स्थलगत अनुसन्धानपश्चात् २०७६÷७७ को योजनाबाट १० लाख बजेट लगाएको थियो। उक्त बजेटले झरनासम्मको करिब ७ सय पैदल सिँढी र विश्रामस्थल बनाउने काम भयो। छाँगासम्म पुग्ने पैदलबाटो निर्माणपछि झरनाको प्रवद्र्धन गर्दै स्थानीय तहले प्रचारप्रसार अघि बढाएको थियो। तर पनि पर्याप्त भौतिक पूर्वाधार र प्रचारप्रसार नहुँदा झरनाको सोचअनुरूप पर्यटन प्रवद्र्धन हुन नसकेको पर्यटन क्षेत्र अनुसन्धानकर्ता श्रीकृष्ण बोगटी बताउँछन्। 

‘प्रचारप्रसार र व्यवस्थित खाने, बस्ने होटल होमस्टेलगायत सेवासुविधा नहुँदा झरनाको पर्यटकीय क्षेत्रका रूपमा विकास हुन सकेको छैन’, उनले भने। झरना प्रवद्र्धनका लागि डीपीआर तयार भए पनि नगरपालिकाको बजेटले धान्न नसकेपछि संघ र प्रदेश सरकारलाई सहयोगको पहल गरेको थियो। तर बजेटका लागि संघ र प्रदेश सरकारले बेवास्ता गरेको नगरपालिकाकी उपमेयर मेरिका राईले बताइन्। सहयोग नपाएपछि नगरपालिकाले धान्न सक्ने क्रमागत बजेटले आगामी आर्थिक वर्षमा झरना क्षेत्रसम्मको करिब १ किलोमिटर पैदल बाटो र मोटरेबल बाटो बनाउने तयारी गरिरहेको उनले बताइन्। 

‘हामीले छाँगे झरनाको विकासका लागि पूर्वाधार बनाउने योजना बनाएका छौं, प्रदेश र संघबाट कुनै सहयोग पाएनौं। नगरपालिकाले धान्ने बजेट नै परिचालन गर्ने हाम्रो सोच छ’, उपमेयर राईले भनिन्। सांस्कृतिक र धार्मिक महत्त्वसँग जोडिएको झरना क्षेत्रको प्रचारप्रसार र पर्यटकका लागि व्यवस्थित होमस्टे, होटलका साथै बाटोघाटो, पुलपुलेसाको व्यवस्थापन गर्नेसके पर्यटक आगमनमा अझै वृद्धि गर्न सकिने विज्ञहरूको बुझाइ छ। जिल्लाकै अग्लो यस झरनाको प्रवद्र्धन र सम्वद्र्धनले सिंगो जिल्लाकै आर्थिक उन्नतिमा टेवा मिल्ने सरोकारवाला बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.