डेटिङ एपमा विवाहको आश्वासन दिएर लाखौं रकम ठगी

डेटिङ एपमा विवाहको आश्वासन दिएर लाखौं रकम ठगी

नयाँदिल्ली: सामाजिक सञ्जालले मानिसलाई नजिक मात्र बनाएको छैन । आपराधिक मानसिकता भएका मानिसलाई ठग्ने बाटो पनि खोलिदिएको छ ।

पछिल्लो समय विश्वमा विवाह र आफूले मनपर्ने मान्छे खोज्नका लागि विभिन्न एपहरू बनाइएका छन् । सोही एपको सहायताले महिला तथा पुरुषले आफ्नो जोडी खोज्छन् र कुरा मिलेसम्म विवाह पनि गर्छन् । तर, गलत नियत भएकाहरुले त्यसलाई आफ्नो कमाइखाने भाँडोका रुपमा पनि प्रयोग गरेको पाइन्छ । यस्तै एक घटना भारतमा भएको छ । जहाँ डेटिङ एपमा विवाहको आश्वासन दिँदै महिलबाट लाखौं रकम लुटिएको छ ।

महाराष्ट्रको पुणेमा डेटिङ एपमार्फत एक महिलाबाट करिब १९ लाख रुपैयाँ लुटिएको छ । एक व्यक्तिले डेटिङ एपमा फेक प्रोफाइल बनाएर महिलालाई आफ्नो प्रेम जालमा फसाए । पछि विवाहको प्रलोभन दिँदै महिलाबाट करिब १९ लाख २० हजार रुपैयाँ लुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसरा डेटिङ एपमा फेक प्रोफाइल बनाउने व्यक्तिले महिलासँग आफू अमेरिकामा एक सर्जनका रुपमा कार्यरत रहेको बताएका थिए । उनीहरुले लामो समयदेखि एपमा कुराकानी गर्दै आएका थिए । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार महिलाले फरक फरक अकाउन्टमार्फत करिब १९ लाख २० हजार रुपैयाँ पठाएकी थिइन् ।

महिलाले दिएको चाहेरे अनुसार पीडित महिलाको फेक प्रोफाइल बनाउनेसँग २०२० अक्टुबरमा पहिलोपटक एपमा चिनजान भएको थियो । पुरुषले आफू अमेरिकामा सर्जनका रुपमा कार्यरत भएको भन्दै विवाहपछि उतै लैजाने विश्वास दिलाए ।
अमेरिकाबाट फर्किनेबित्तिकै आफूसँग विवाह गर्ने वचन दिएको पीडित महिलाले प्रहरीकहाँ दिएको उजुरीमा उल्लेख छ । महिलाले अमेरिका जाने प्रलोभनमा आएर विभिन्न अकाउन्टबाट ती व्यक्तिलाई १९ लाख रुपैयाँ पठाएकी हुन् ।

गत बुधबार मात्रै उनले आफूसँग धोका भएको थाहा पाइन् । त्यसपछि तत्काल प्रहरी चौकीमा पुगेर आफूबाट रकम लिनेविरुद्ध उजुरी दिइन् । ती व्यक्तिले आफ्नी आमाको स्वास्थ्य स्थिति नाजुक रहेको तथा कहिले नयाँ व्यवसाय सुरु गर्नका लागि रकम चाहिएको बताएका थिए । एकपटक त उनले आफूलाई अमेरिकाको एयरपोर्टमा आफूलाई पक्राउ गरिएकोसमेत बताएका थिए । प्रहरीले पीडित महिलाको नाम भने खुलाएको छैन । उनीमाथि धोकाधडी गर्नेविरुद्ध साइबर ब्यूरोले अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.