अन्नपूर्ण पोस्ट् साइकल र्‍याली आज

अन्नपूर्ण पोस्ट् साइकल र्‍याली आज

काठमाडौं : सातौं संस्करणको अन्नपूर्ण पोस्ट् साइकल र्‍याली ‘राइड फर लाइफ’ शनिबार बिहान हुँदै छ। क्यान्सरविरुद्ध जनचेतना जगाउन र साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष साइकल र्‍याली आयोजना गर्दै आएको छ। यसपटक ‘क्यान्सरविरुद्ध चेतना छरौं, वातावरण जोगाएर, साइकल चढौं स्वस्थ रहौं दूरी कायम गरेर’ भन्ने नारा तय गरिएको छ।

अन्नपूर्ण मिडिया नेटवर्क मानव संसाधन विभागकी डेपुटी म्यानेजर इन्दु श्रेष्ठले र्‍यालीमा १५ सयभन्दा बढी राइडरको सहभागिता रहने जानकारी दिइन्। ‘यसपटकको र्‍याली झनै भव्य हुनेछ। अन्नपूर्ण मिडिया नेटवर्कले सात वर्षदेखि क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले साइकल र्‍यालीको आयोजना गर्दै आएको छ’, डेपुटी म्यानेजर श्रेष्ठले भनिन्, ‘यो वर्ष पनि सोही उद्देश्यसहित र्‍याली आयोजना गर्दै छौं। र्‍यालीको अर्को उद्देश्य वातावरण स्वच्छ बनाउन जनचेतना जगाउनु पनि हो।’ श्रेष्ठका अनुसार बर्सेनि आयोजना हुँदै आएको र्‍यालीले धेरै मानिसलाई साइकल चढ्न र स्वस्थ बन्न थप प्रेरितसमेत गरेको छ।

र्‍याली बिहान ७ः०० बजे तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु भई गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै आइपुगेर टुंगिनेछ।

क्यान्सर केयर फाउन्डेसनसँगको सहकार्यमा आयोजना हुने र्‍यालीलाई जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको छ। नेपाल साइकल संघ र नेपाल साइकल सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालन हुने र्‍यालीलाई सर्वोत्तम सिमेन्ट, जियाओमी रेडमी नोट नाइन मोबाइल, नबिल बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, शिखर इन्सुरेन्स, मेगा बैंक, अल्का अस्पताल, रियल जुस, एनसेल, सिम्रिक एयर, प्याङ्क बाइक, नेविको, के एन्ड के इन्टरनेसनल कलेज, लाइन्स क्लब अफ काठमाडौं समर्पण, नेपाल क्यान्सर हस्पिटललगायत संघसंस्थाले सहप्रायोजन गरेका छन्।

र्‍यालीमा सहभागीमध्ये ‘लक्की ड्र’मार्फत भाग्यमानी विजेतालाई हिमालय क्रसकन्ट्री साइकल, जियाओमी रेडमी नोट नाइन मोबाइल, सिम्रिक एयरको गेसाइँकुण्ड टुर प्याकेज, सिको घडी, अन्नपूर्ण पोस्ट्को ६ महिनाको निःशुल्क ग्राहक सेवालगायत उपहार प्रदान गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.