जुम्लाका अग्नि पीडितलाई राहत जुटाउँदै युवा
जुम्ला : गत हप्ता आगलागीका कारण घर जलेर नस्ट भएका जुम्लाको गोठिगाउँका अग्नि पीडितलाई राहात दिन आउने क्रम बढिरहेको छ। नेपाल तरुण दल जिल्ला कार्य समिति जुम्ला र नेपाल विद्यार्थी संघले प्रत्येक घरधुरीलाई एक–एक बोरा चामल, तेल, सिरक, डसना, सिरानी लगाएतका समाग्री वितरण गरेका छन्।
यस्तै हन्ड्रेस ग्रुपका बल्लु गुप्ताको टिमले पनि खच्चडबाट ढुवानी गर्दै गाउँमै गएर राहत वितरण गरेको छ। सँगै हिमा एण्ड माया फाउन्डेसन, वार्मी हेड नेपालले पनि गाउँमै गएर राहत वितरण गरेका छन्।
प्रशासनको पहलमा तत्कालको लगि भन्दै हेलिकप्टरबाट प्रत्येक घरमा पाँच जना बराबर पन्ध्र हजार र सोभन्दा धेरै परिवार भएकालाई बिस हजारका दरले पाँच लाख बराबरको नगद र चामल, दाल, कपाडा, तेल लगाएतको राहत वितरण गरेको थियो। क्रसियन समाज हिमा गाउँपालिकाले पनि खाद्यान्न, लत्ता कपडा वितरण गरेको छ। यसै गरी जुम्ला क्षेत्र नम्बर दुईका संसद पदम रोकायाले आफ्नो एक महिनाको तलब बराबर ४२ हजार रुपैयाँ सहयोग गरेका छन्।
सिंजा बहमुखी क्यम्पसका सभापति अम्मर खत्रीले भौगोलिक बिकटताले र चिसोका कारण दुर्गमका बस्तीहरुमा वर्षाको समयमा केही पनि उब्जनी नहुने भएकाले भोक भोकै बस्नु नपरोस् भनेर नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल जुम्ला मिलेर रहात दिएको बताए। नेपाल तरुण दल जुम्लाका नेता विकाश शाहीले अग्नि पीडितलाई केही गर्न सकिन्छ कि भनेर सबैसँग सहयोग मागेरै भए पनि पीडितको घाउमा मलम लगाएको बताए।
जुम्लाका तिला गाउँपालिका–७ गोठीगाउँमा २६ घर जलेर नष्ट भएका छन्। मंगलबार साँझ गोठीगाउँमा आगलागी हुँदा गाउँका २६ घर जलेका थिए।
आगलागीबाट २६ घर जलेर नष्ट भएका थिए भने १६७ जना बिस्तापित भएका थिए। आगलागीबाट ३७ वटा गाई गोरु २६ वटा भेडा बाख्र मरेका थिए। एकलाख पचास हजार नगद र खरायो कुखुरा पनि जलेर मरेका थिए।