नवलपरासीमा चोरीका मोटरसाइकलसहित ५ पक्राउ

नवलपरासीमा चोरीका मोटरसाइकलसहित ५ पक्राउ

परासी: ५ वटा चोरीका मोटरसाइकल सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले शुक्रबार पक्राउ गरेको छ ।

चेकचाँज गर्ने क्रममा रामग्राम नगरपालिका र बर्दघाट नगरपालिका क्षेत्रबाट मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिए ।

मोटरसाइकलसँग प्रमाण लाग्ने कुनै पनि कागजपत्र नभेटिएपछि चोरीका रहेको खुलेको लामाले बताए । उनीहरुसँग बरामद भएका मोटरसाइकलहरुमा लु ६४ प ६३५७ को बुलेट, अन टेस्ट रोयल इन्फाईड बुलेट, लु ४० प ८९११ को सुपर स्प्लेन्डर, लु ४० प ८२७७ को एफजेट र लु १५ प ६१४८ को डिलक्स मोटरसाइकल रहेका छन् । पक्राउ परेका सबैलाई चोरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.