कारागारका बन्दीलाई पनि कोरोना खोप

कारागारका बन्दीलाई पनि कोरोना खोप

दाङ: दाङको तुलसीपुर कारागारमा रहेका कैदी बन्दीहरुलाई शुक्रबार कोरोना खोप लगाइएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी र सरसफाई कर्मचारीलाई खोप लगाउने नीति लिइएको भए पनि तुलसीपुरमा स्वास्थ्यकर्मी र सरसफाई कर्मचारीलाई लगाएर बचेको खोप कैदीबन्दीलाई लगाइएको हो ।

तुलसीपुर कारागारमा रहेका ४ सय ६० जना कैदीबन्दी र त्यहाँ खटिएका ७ जना सुरक्षाकर्मीहरुलाई खोप लगाइएको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । उनले एक सातापछि दोस्रो चरणको खोप लगाइने र सरकारले तोकेको मापदण्ड अनुसार दाङमा पनि खोप कार्यक्रम निरन्तर सञ्चालन हुने बताए ।

सल्यानका कैदीबन्दीलाई पनि खोप

सल्यानमा कारागार जीवन बिताइरहेका एक सय २२ जना कैदीबन्दीहरुलाई कोरोना खोप लगाइएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको सहकार्यमा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको कारगार सल्यानका प्रमुख जेलर बल बहादुर केसीले जानकारी दिए ।

कारगारभित्र रहेका एक सय ५४ जनामध्ये एकसय २२ जना कैदीबन्दीले कोरोना खोप लगाएका हुन् । जसमा एकसय ३ जना पुरुष र १९ महिला र दुई कर्मचारीले पनि कोरोना खोप लगाएको कारागारले जनाएको छ । कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा विगत एक वर्षदेखि नियमित स्वास्थ्य जाँच समेत गराउन नपाएका कैदीबन्दीले अहिले कारगार भित्रै कोरोनाको खोप लगाउन पाउँदा खुसी भएका छन् ।

सामान्य बिरामी पर्दा समेत जिल्ला अस्पताल वा प्राइभेट मेडिकलमा उपचार गर्नुपर्ने बाध्यता रहेका बेला कारगारभित्रै कोभिड विरुद्धको खोप लगाउन पाउँदा सबै कैदीबन्दीहरु हर्षित भएको चौकीदार हरि अधिकारीले बताए ।

हाल कारागारमा एकसय २२ जना पुरुष,२५ महिला र ७ नाबालक गरी जम्मा १ सय ५४ जना कैदीबन्दीहरु बस्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.