मैदानमा ‘गणपति’

मैदानमा ‘गणपति’

काठमाडौं : अभिनेता मुकुन भुसाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्म ‘गणपति’को छायांकन भइरहेको छ। गाउँले परिवेशमा खिचिने फिल्मको अधिकांश छायांकन तनहुँ बन्दीपुरमै हुनेछ।

फिल्म सबिन अधिकारीले निर्देशन गरिरहेका छन्। उनकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्मातामा छन्। फिल्ममा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, सुशील पोखरेल, श्रीदेव बीएललगायतको अभिनय रहनेछ।

भगवान् र मानिसबीचको फरक देखाइने फिल्ममा हरिबहादुर घलेको छायांकन, विक्रम स्वाँरको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहनेछ। फिल्ममा शंकर धिताल एसोसिएट निर्देशक, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, वेदनाथ धमला, किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायांकारका रूपमा छन्।

फिल्मको गीतमा अनिश अधिकारीले शब्द तथा संगीत भरेका छन् भने अनिश अधिकारी र देवेन्द्र बब्लूले आवाज दिएका छन्। त्यस्तै गोविन्द शाहीले देशभर वितरण अधिकार दिएको फिल्मको ओभरसिज राइट्स स्रित फिल्म्स् एन्ड इन्टरटेनमेन्टले लिएको छ। निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिने जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.