जुम्लाका अग्नि पीडितलाई राहत जुटाउदै युवा

जुम्लाका अग्नि पीडितलाई राहत जुटाउदै युवा

जुम्ला : जुम्लामा भएको अगलागी पीडितका लागि युवाले राहत जुट्न थालेको छ। नेपाल तरुण दल जिल्ला कार्य समिति जुम्ला र नेपाल विद्यार्थी संघले आगलागी पीडित परिवारलाई एकएक बोरा चामल, तेल डसना, सिरानीलगायत राहत सामग्री विरतण गरेको छ। 

त्यसैगरी हन्ड्रेस् ग्रुपका बल्लु गुप्ताको टिमले पनि खच्चडबाट ढुवानी गर्दै गाउँमै गएर राहत वितरण गरेको छ। सँगै हिमा एण्ड माया फाउन्डेसन, बार्मी हेड नेपालले पनि गाउँमै गएर राहत दिएको छ। 

सरकारलेसमेत प्रत्येक परिवारका पाँचजना बराबर १५ हजार र सोभन्दा धेरै सदस्य भएका परिवारलाई २० हजारका दरले पाँच लाख बराबरको नगद र खाद्यान्न वितरण गरेको छ। 

क्रसियन समाज हिमा गाउँपालिकाले पनि खाद्यान्न र कपडा वितरण गरेको छ भने सांसद पदम रोकायाले एक महिनाको तलब बराबरको रकम सहयोग गरेका छन्। 

राहत वितरणका लागि पुगेका समूहलाई स्थानीय युवाले सहजिकरण गरेका छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थपाका अनुसार तत्काल घर अवासको लागि प्रशासनको अनुरोधमा गृह मन्त्रालयबाट दिएको पालसमेत वितरण भइसकेको छ। विभिन्न समूहले राहत वितरण गरे पनि त्यसको विवरण भने प्रशासनसँग छैन। 

जुम्लाका तिला गाउँपालिका–७ गोठीगाउँमा २६ घर जलेर नष्ट भएका छन्। मंगलबार साँझ गोठीगाउँमा आगलागी हुँदा गाउँका २६ घर जलेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.