विदेशी मिडियासँग प्रचण्ड-नेपालको अन्तरक्रिया: संसद पुनर्स्थापना नै उत्तम निकास

विदेशी मिडियासँग प्रचण्ड-नेपालको अन्तरक्रिया: संसद पुनर्स्थापना नै उत्तम निकास

काठमाडौ: प्रचण्ड-माधव समूहको नेकपाका प्रमुख नेताहरुले नेपालस्थित विदेशी मिडियाका पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।

मंगलबार राजधानीस्थित याक एण्ड यति होटलमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल सहित प्रमुख नेताहरुले पत्रकारहरुसँग भेट गरेका हुन् । यसअघि सम्पादक, सञ्चार उद्यमी लगायतसँग भेट गरेका नेकपाका नेताहरुले मंगलबार विदेशी मिडियाका पत्रकारहरुसँग भेटघाट गरेका हुन् ।

प्रचण्ड माधव समूहले बुधबारका लागि राजधानीमा विशाल आमसभाको तयारी समेत गरिरहेको छ । आमसभाको अघिल्लो बिहान अर्थात्, मंगलबार बिहान ९ बजे उक्त समूहले पत्रकारहरुसँग भेट गरेको हो ।

'यसअघि हामीले सम्पादक, सञ्चार उद्यमीलगायत मिडियाकर्मीहरुसँग अन्तरक्रिया गरिसकेका छौँ । सोही अन्तरक्रियाको श्रृंखलाको रुपमा मंगलबारको भेटघाट भएको हो,' नेकपा सम्बद्ध पत्रकार तथा नेता विष्णु रिजालले अन्नपूर्णसँग भने । नेता रिजालका अनुसार नेकपाले पछिल्लो अवस्थाबारे पत्रकारहरुसँग आफ्ना धारणा राखेको हो ।

प्रचण्ड निकट स्रोतका अनुसार अन्तरक्रियाको क्रममा प्रमुख नेताहरुले संसद पुनर्स्थापना नै उत्तम निकास भएकोमा जोड दिएका थिए ।

अन्तरक्रियाको क्रममा पत्रकारहरुले प्रधानमन्त्री केपी ओली समूहको २३ गतेको आमसभासँग जोडेर पनि प्रश्न गरेका थिए । नेकपाले आमसभालाई प्रतिष्पर्धाको रुपमा लिएको जस्ता जिज्ञासा अन्तरक्रियामा उठेका थिए । गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड-माधव समूह निरन्तर सडक आन्दोलनमा छ । उनीहरुले संसद पुनर्स्थापनाको माग गर्दैआएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.