निर्वाचन आयोगमा पुगेर प्रधानमन्त्री ओलीले भने, ‘दलको विवादमा नछिर्नोस्’

निर्वाचन आयोगमा पुगेर प्रधानमन्त्री ओलीले भने, ‘दलको विवादमा नछिर्नोस्’

काठमाडौं : प्रधानमन्‍त्री केपी शर्मा ओलीले निर्वाचनको समयमा दलभित्रको विवादमा प्रवेश गर्न नहुने बताएका छन्। निर्वाचनको तयारी बुझ्न मंगलबार आयोग पुगेका ओलीले आयुक्तहरूसँग यस्तो बताएका हुन्। 

प्रधानमन्त्री ओलीले आफूले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर आयोगमा गरे। प्रधानमन्त्री ओली नेकपा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, कानुनमन्त्री लीला श्रेष्ठ, अधिवक्ता बाबुराम दाहाल, रमेश बडालसहित आयोग पुगेका थिए।

छलफलका क्रममा २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले आयोगले जेठ २३ गते नै यससम्बन्धी सूचना जारी गरेको स्मरणसमेत गराएका थिए। 

‘म एउटै दलको संसदीय दलको नेताका हैसियतले प्रधानमन्‍त्री भएको थिएँ। पुस ५ गते मेरो सिफारिसमा प्रतिनिधिसभा विघटन हुँदासम्म मेरो त्यो हैसियत कायमै थियो,’ ओलीले आयोगका पदाधिकारीसँग भने, ‘पहिलो अध्यक्ष हुँ। मेरो एकल हस्ताक्षर मान्य नहुने हुँदैन। केही मान्छे बाहिरिएको हो। अहिले आएर विवाद गर्न मिल्दैन।’  

प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे आयोगलाई जानकारी गराएका थिए। ‘आयोगले निर्वाचनका सम्बन्धमा गरेको तयारीप्रति प्रधानमन्‍त्रीले सन्तुष्टि व्यक्त गर्नुभएको छ,’ छलफलमा संलग्न एक आयुक्तले अन्नपूर्णसँग भने। पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ वटा जिल्लामा निर्वाचन गराइने जनाउ प्रधानमन्त्रीले आयोगलाई गराए। 

आयोगमा बिहान भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र अन्य आयुक्त उपस्थित थिए। मन्त्रिपरिषद्को बैठकले पहिलो चरणअन्तर्गत वैशाख १७ गते ४० जिल्लामा र वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले पहिलो चारणअन्तर्गत वैशाख १७ गते प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्‍िचम प्रदेशमा रहेका ४० जिल्लामा निर्वाचन गरिने बताए। 

यस्तै दोस्रो चरणमा प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशमा रहेका ३७ जिल्लामा निर्वाचन गरिनेछ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहले आयोगमा बुझाएको र पार्टीको आधिकारिकतामा प्रश्न गरेकोप्रति प्रधानमन्‍त्री ओलीको आपत्ति थियो। 

छलफलका क्रममा उनले ‘सूर्य’ चिह्नमा कसैले दाबी गर्न नमिल्ने बताएका थिए। ‘प्रचण्ड कहिल्यै सूर्य चिह्नमा निर्वाचन लड्नुभएको छैन। अहिले किन चाहियो ?,’ प्रधानमन्‍त्री ओलीको भनाइ थियो। प्रधानमन्त्री चुनावको तयारीबारे बुझ्न आयोग पुगेका थिए। सोही क्रममा दल र निर्वाचन चिह्नको विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्रीले आयोगलाई विवेकसम्मत निर्णय गर्नसमेत सुझाएका थिए। निर्वाचन आयोगको काममा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धतासमेत ओलीले जनाए। आयोगले चुनावको तयारीबारे ब्रिफिङ गरेको थियो। आयोगले निर्वाचनका लागि तयारी अवस्थामा रहेको बताउँदै पुस ५ गतेलाई ‘कट अफ डेट’ मानेर मतदाता नामावलीको अन्तिम रुजु गरिरहेको जानकारी गराएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.