खाग तस्करीमा संलग्न गिरोह पक्राउ
चितवन : गैडाको खाग तस्करीमा संलग्न गिरोह पक्राउ परेको छ। गत भदौ १६ र २१ गते र कार्तिक १९ गते चोरी शिकारीबाट गैडा मरेपछि अनुसन्धानको क्रममा ठूलो गिरोह समातिएको हो । उनीहरुको साथबाट चोरी शिकारीमा प्रयोग भएको २ थान भरुवा बन्दुक ,एउटा स्कार्पियो गाडी, मोटरसाइकल , बैंकमा जम्मा गरिएको ४१ लाखको भौचर , पैसाको बण्डलजस्तै देखिने गरि कागजको बण्डल र केही खानेकुरा बरामद भएको छ । उनीहरुविरुद्ध नवलपुर जिल्ला अदालतमा आजै मुद्दा दायर गरिएको छ
निकुञ्ज प्रशासन , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानबाट यति ठूलो संख्या पक्राउ गर्न सफल भएको हो।